बङ्गलादेशसामु नेपालको खराब प्रदर्शन, ५२ रनमा अलआउट
काठमाडौं । आइसिसी यू–१९ महिला विश्वकप टी–२० क्रिकेटमा नेपाल पहिलो खेलमा ५२ रनमै अल आउट भएको छ । मलेसियाको बांगीस्थि युकेएम क्रिकेट ओभलमा नेपाल बंगलादेशविरूद्धको खेलमा ५२ रनमा अल आउट भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८.२ ओभरमा सबै विकेट गुमाएर ५२ रनमा समेटिएको हो । बङ्गलादेशको कसिलो बलिङमा नेपालको ब्याट चल्न सकेन ।
नेपालका लागि साना प्रविनले सर्वाधिक १९ रन बनाइन् । सीमाना केसीले १० रनको योगदान गरिन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।