पथरीशनिश्चरेमा खेल मैदान निर्माण सुरु



पथरी  । मोरङको पथरीशनिश्चरे–८ मा खेल मैदान निर्माण सुरु गरिएको छ । खेल मैदान निर्माण गर्न बुद्ध माध्यमिक विद्यालयसँगै रहेको मैदान सम्याउन थालिएको छ । करिब दुई बिघा क्षेत्रफलमा उक्त खेलमैदान निर्माण सुरु गरिएको हो ।

खेल मैदान निर्माणका लागि नगरपालिकाले रु १० लाख बजेट विनियोजन गरेको छ । छिटो निर्माण सम्पन्न गरी प्रतियोगिता गराउने लक्ष्य रहेको सो वडाका वडाध्यक्ष नवीनजङग कार्कीले बताए। उक्त मैदानलाई विद्यालयलेसमेत प्रयोग गर्न मिल्ने उनको भनाइ छ ।

खेलमैदान निर्माणमा प्रभात सामुदायिक क्लबले पनि सहयोग गरिरहेको क्लबका उपाध्यक्ष किसन राईले बताए। वडाले पनि खेल मैदानका लागि बजेट विनियोजन गर्ने तयारी गरिरहेको वडाध्यक्ष कार्कीले जानकारी दिए ।

यस क्षेत्रबाट ‘ए’ र ‘बी’ डिभिजन लिग फुटबल खेल्ने खेलाडी उत्पादन भइसकेका छन् । खेल मैदान राम्रो भएमा अझ फुटबलमा उपलब्धि हासिल गर्न सकिने मोरङ जिल्ला फुटबल सङ्घका अध्यक्ष सञ्जीव बुढाथोकी बताए।

वडाको सक्रियतामा बन्न लागेको सो रङ्गशालाको पूर्णतापछि पथरीशनिश्चरे नगरपालिकामा खेल मैदान अभाव नहुने पूर्व राष्ट्रिय खेलाडी तथा पथरीशनिश्चरे नगर खेलकुद संयोजक दीपक राई बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आहा ! रारा पोखरा गोल्ड कप सुरू, उद्घाटन खेलमा पुलिस क्लब विजयी

काठमाडौं । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले

पारा एथलेटिक्स टोली दुबई जाने

काठमाडौँ । दुबई २०२५ विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा नेपालका ३ खेलाडीले प्रतिस्पर्धा

एनआरटी बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

धरान । साविक विजेता एनआरटी २५ औँ अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा

महिला टी–२० शृङ्खलामा नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० आई महिला शृङ्खला अन्तर्गत आफनो चौथो खेलमा