आर्मीलाई हराउँदै पुलिसलाई जय ट्रफी क्रिकेटको उपाधि



वीरगञ्ज । जय ट्रफी क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिसले जितेको छ । बिहीबार वीरगञ्जमा भएको फाइनलमा पुलिस क्लबले अर्को विभागीय क्बल त्रिभुवन आर्मीलाई २८ रनले पराजित गर्दै उपाधि जितेको हो ।

पुलिसले दिएको १०३ रनको लक्ष्य पछ्याएको आर्मी ७४ रनमा समेटिन पुग्यो । पहिलो पारिमा पुलिसले ९ विकेट गुमाएर १३३ रन गुमाएका बेला समाप्त गरेको थियो । पहिलो पारिमा आर्मीले १७० रन बनाउँदै ३७ रनको अग्रता बनाएको थियो ।

दोस्रो पारिमा पुलिसे ब्याटिङ गर्दै १३९ रन बनाए पछि आर्मीले १०३ रनको लक्ष्य पाएको थियो। । उक्त लक्ष्य पुरा गर्न आर्मी असफल हुँदा उपाधि नै गुमाउन पुग्यो । पहिलो संस्करणको जय ट्रफी मेन्स एलिट कपमा चार टोली सहभागी थिए । यी दुई विभागीय टोलीसँगै बागमती र मधेश प्रदेशले पनि प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिङ्गा तातोपानीमा आमाहरुको फुटबल प्रतियोगिता

म्याग्दी । खेलकुदका माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यले फागुपूर्णिमाका अवसरमा बेनी नगरपालिका- ४

चर्च ब्वाइज युनाइटेड मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश

झापा । चर्च ब्वाइज युनाइटेड काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको  फाइनलमा

मधेशलाई पराजित गर्दै एपीएफ दुई विकेटले विजयी

घोराही । दाङको लमहीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप

अस्ट्रेलियाली पूर्व क्रिकेटर म्याकगिल कोकिन आपूर्ति मामिलामा दोषी ठहर

सिड्नी ।  अस्ट्रेलियाका पूर्व टेस्ट क्रिकेटर स्टुअर्ट म्याकगिललाई बिहीबार कोकिन आपूर्तिमा संलग्न भएको