बागमती गोल्डकप फुटबल फागुनमा



हेटौँडा। सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी फागुनमा हुने भएको छ। उक्त प्रतियोगिता बागमती गाउँपालिकामा निर्मित सहिद स्मृति रंगशालामा सञ्चालन हुनेछ।

बागमती गाउँपालिका खेलकुद विकास समितिले आज (आइतबार) यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो प्रतियोगिता फागुन १ गतेदेखि १० गतेसम्म बागमती-४ झुरझेस्थित रंगशालामा हुने जानकारी दिइयो।

यसअघि उक्त प्रतियोगिता जनता मावि फापरबारीको खेल मैदानमा हुँदै आएको थियो। प्रतियोगितामा पहिलो हुने टोलीले १० लाख र दोस्रो हुनेले पाँच लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहरसिंह थिङले जानकारी दिए।

प्रतियोगितामा ‘ए’ डिभिजनका सात र मोफसलका तीन टोली सहभागी हुनेछन्। प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई एक लाख एक हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार पुरस्कार प्रदान गरिने छ।

फुटबल खेलको प्रवर्द्धनका लागि पालिकाले निकट भविष्यमा फुटबल एकेडेमी सञ्चालन गर्ने योजना बनाएको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिए। यसअघि छैटौँ संस्करणको उपाधि मछेन्द्र युथ क्लब काठमाडौँले जितेको थियो। प्रतियोगिता सञ्चालन गर्न गाउँपालिकाले ३० लाख रूपैयाँ सहयोग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुकुटेमा ‘बिच भलिबल’ प्रतियोगिता

सिन्धुपाल्चोक । मंगलबारदेखि सिन्धुपाल्चोकस्थित पर्यटकीय क्षेत्र सुकुटेमा सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय

मधेशलाई हराउँदै आर्मी एलिट कप क्रिकेटको फाइनलमा

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लव एलिट कप क्रिकेटको फाइनलमा पुगेको छ

मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा

खाँदबारी । मोरङको बुल्स–११ र झापाको चुलाचुली टोली सङ्खुवासभाको खाँदबारीमा जारी दोस्रो तीनपोखरी

प्रधानमन्त्री कप  क्रिकेटमा विन्दुको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा

बैतडी । प्रधानमन्त्री कप  टि–२० महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको अन्तिम