दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सचिवालय स्थापना



 

काठमाडौँ ।  कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सचिवालयको स्थापना भएको छ ।

राष्ट्रिय खेलकुद परिषदद्वारा बुधबार आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सचिवालयको उद्घाटन गरे । उनले कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने  प्रतियोगिताको तयारीको सुरुवात भएको बताए ।

खेलकुदमन्त्री चौधरीले प्रतियोगिता हुन तीन महिना बाँकी रहेकाले सो समयसम्म सम्पूर्ण भौतिक पूर्वाधार निर्माण भइसक्ने बताए । उनले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक बजेटको फाइल अर्थमन्त्रालयमा आजै पुगेको बताए ।

उनले प्रतियोगितामा विभिन्न ३६ खेल समावेश गर्ने भनिएपनि त्यस विषयमा आगामी माघ ३ गते बस्ने बोर्ड बैठकले निर्णय गर्ने जानकारी दिए । अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेललाई दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्राथमिकतामा राखिने उनले उल्लेख गरे ।

खेलकुदमन्त्री चौधरीले नेपाल ओलम्पिक कमिटी (एनओसी) बाट राजीनामा दिने राष्ट्रिय खेलकुद सङ्घका पदाधिकारीलाई कारबाहीमा केही छुट हुनसक्ने बताए । बोर्ड बैठकले सर्वोच्च र उच्च अदालतको आदेश विपरीत कार्य गर्ने सङ्घका पदाधिकारीलाई कारबाही गर्नसक्ने चेतावनी उनले दिए ।

त्यसैगरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले कर्णाली प्रदेशमा आवासीय समस्याका कारण २४ वटा खेल आयोजना गर्ने र बाँकी खेल अन्य स्थानमा गर्ने सम्भावना रहेको बताए । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी चैत २३ देखि ३० गतेसम्म गर्ने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बहराइनलाई हराउँदै नेपाल आईसीसी महिला टी–२० विश्वकप छनोटको शीर्ष स्थानमा

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले बहराइनलाई ६ विकेटले हराएको

स्पेनिस ला लिगामा रियल म्याड्रिडको जित

काठमाडौं । स्पेनिस ला लिगाको खेलमा रियल म्याड्रिडले रियल मालोर्कालाई २–१ ले हराएको

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफू नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौताअन्तर्गत नरहने

आइसिसी विश्वकप लिग–२ खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ(क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न