तुसारेपानीमा चन्दा उठाएर खेलमैदान निर्माण



म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–१ तुसारेपानीमा ८० लाख ६२ हजारको लगानीमा खेलमैदान र सामुदायिक भवन निर्माण भएको छ । ६७ लाख ३० हजारमा मनकामना युवा क्लबले खेलमैदान र १३ लाख ३२ हजार चार सय ६२ लागतमा आमा समूहले सामुदायिक भवन निर्माण गरेका हुन् ।

मङ्गला गाउँपालिका र प्रदेश सरकारबाट ३५ लाख ५० हजार अनुदान प्राप्त भएको खेलमैदान निर्माणका लागि स्वदेश तथा विदेशमा रहेका चन्दादाताले २१ लाख आठ हजार छ सय ५६ र १० लाख १७ हजार पाँच सय क्लबले आन्तरिक लगानी गरेको क्लब अध्यक्ष बेलबहादुर पुर्जाले बताए ।

बास्केटबल र भलिबल खेल सञ्चालन गर्न सकिने खेलमैदानमा प्यारापिट र स्टेज पनि रहेको छ । व्यवस्थित खेलमैदान भएपछि खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ । आमा समूहको भवनलाई भेला, बैठक, भोज, भतेर, तालिम, गोष्ठी सञ्चालनका लागि पनि प्रयोग गर्न सकिन्छ ।

खेलमैदान, भवन र प्रथम तुसारेपानी कप तथा माघे सङ्क्रान्ति मेलाको मङ्गलबार एक समारोहका बीच उद्घाटन गरिएको छ । पूर्वसांसद नरबहादुर पुन, जग्गादाता बुद्धिराम पुन र निर्माण समितिका अध्यक्षसमेत रहेका प्रवेशद्वार निर्माता खड्कबहादुर रोकाले शिला अनावरण गरेर आमा समूहको भवन उद्घाटन गरेका थिए ।

खेलमैदानको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका र तुसारेपानी घर भई हाल अष्ट्रेलिया बस्नुहुने मुक्तिप्रसाद रोकाले संयुक्त रूपमा शुभारम्भ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुम्बिनी प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता आजदेखि

दाङ । लुम्बिनी प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता दाङको लमहीमा

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सचिवालय स्थापना

  काठमाडौँ ।  कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सचिवालयको स्थापना

मूलपानी र गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न ससदीय समितिको निर्देशन

काठमाडौं ।  सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बुधबारको बैठकले मूलपानी क्रिकेट रङ्गशाला

नेपोभिट टायलद्वारा जय ट्रफी मेन्स एलाइट कपमा सहभागी खेलाडीलाई सम्मान

वीरगञ्ज (पर्सा) । नेपोभिट टायलले जय ट्रफी मेन्स एलाइट कपमा सहभागि खेलाडीलाई वीरगञ्जमा