भरतपुर ‘मेयर कप’ अन्तर विद्यालय क्रिकेट सुरु



 

चितवन । चितवन जिल्लाबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले स्कुलस्तरीय खेलकुद अनिवार्य रहेको सरोकार भएकाहरूले बताएका छन् ।

शुक्रबारदेखि सुरु भएको भरतपुर ‘मेयर कप’ अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी वक्ताहरूले स्थानीय तहमा हुने प्रतियोगिताबाट छनोट भएका खेलाडी राष्ट्रियस्तरसम्म पुग्न सहयोग हुने बताएका हुन् ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले प्रतियोगिताको दोस्रो संस्करण आजदेखि सुरु भएको बताउँदै यो प्रतियोगिता राष्ट्रियस्तरका दक्ष खेलाडी उत्पादनमा सहयोगी बन्ने विश्वास व्यक्त गरिन् ।

नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले नेपालको खेलकुदलाई स्थानीयस्तरबाट सक्रिय बनाउन सके यस क्षेत्रमा उपलब्धि हासिल गर्न सकिने धारणा राखे ।

स्थानीयस्तरबाट हुने प्रतियोगिताबाट नेपालका राष्ट्रियस्तरका खेलाडी उत्पादनका लागि महत्वपूर्ण योगदान रहने गरेको सचिव खड्काले बताए । नेपालको क्रिकेट प्रतियोगितालाई उचाइमा पु¥याउन यस्ता प्रतियोगिता सहयोगी हुँदै गएका उनको भनाइ थियो ।

कार्यक्रममा महानगरका उपप्रमुख चित्रसेन अधिकारी, क्रिकेट सङ्घ चितवनका अध्यक्ष सुदिप पिया, भरतपुर सङ्घका अध्यक्ष मनिस सापकोटालगायत वक्ताले खेलकुदसहित समग्र विकासका लागि चितवन उत्कृष्ट रहेको बताएका थिए ।

सो अवसरमा भरतपुर महानगरपालिकाले यु–१९ विश्वकप क्रिकेटमा सहभागी महिला टोलीलाई जनही रु ५० हजारका दरले सहयोग समेत गरेको छ । आगामी फागुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ४७ वटा विद्यालयको सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा झिल्टुङ ‘क्रसकन्ट्री’ दौड हुने

  काठमाडौँ । नुवाकोटको बेलकोटगडी नगरपालिका–५ नुवाकोटको आयोजना तथा एथ्लेटिक्स परिवार नेपालको प्राविधिक

जनकपुरधाममा रङ्गशाला बनाउन डिपिआर तयार गरिँदै

धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रङ्गशाला बनाउन

यु–१६ फुटबलमा फ्रेन्ड्स क्लब विजयी

  काठमाडौँ । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले सातदोबाटो युथ

बागमती प्रदेश लिग फुटबलको उपाधि काठमाडौँलाई

मकवानपुर । बागमती प्रदेश लिग फुटबलको उपाधि काठमाडौँले हात पारेको छ । शनिबार