प्रधानमन्त्रीलाई कप्तान चेम्जोङको आग्रहः एएफसी एसिया कपको छनोट खेल नेपालमै आयोजना गर्न पहल होस्



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा कप्तान चेम्जोङले नेपालमै एएफसी एसिया कपको छनोट खेल आयोजना गर्न प्रधानमन्त्रीलाई पहलकदमीको लागि अनुरोध गरेका छन् ।

प्रधानमन्त्रीसँगको भेटबारे कप्तान चेम्जोङले भनेका छन्, ‘नेपाली खेल क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन भविष्यमा महत्वपूर्ण निर्णयहरू हुनेछन् भन्ने विश्वास छ। हामीले नेपालमै एएफसी एसिया कपको छनोट खेल आयोजना गर्नको लागि सम्माननीय प्रधानमन्त्रीज्यूलाई पहलकदमीको लागि अनुरोध गरिसकेका छौँ । उहाँको सकारात्मक पहलकदमीले सकारात्मक परिणाम आउनेमा हामीलाई विश्वास छ। पुनः नेपाली खेलकुदप्रति उहाँले देखाउनुभएको सहयोग, सद्भाव र अग्रसरताको प्रशंसा गर्दै धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले चिया विकास बोर्डको कार्यकारी निर्देशकमा फणीन्द्र पाण्डेलाई नियुक्त गर्ने निर्णय

‘स्वास्थ्य बीमाको प्रिमियम बढाउने विषयमा बहस आवश्यक छ’

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले स्वास्थ्य बीमामा सुधार

महिला  टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल हङकङसँग पराजित

काठमाडौँ । युगान्डामा जारी  महिला  टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल हङकङसँग पराजित भएको

नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण गर्न जनमत पार्टीद्वारा कार्यदल गठन

  काठमाडौँ । जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसहितका विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग