एनपीएलमा बिजेता र उपबिजेता शेख दाजुभाइलाई गृहजिल्लामा सम्मान



वीरगंज । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई विजेता बनाउने कप्तान आशिफ शेख र सुदूरपश्चिम रोयल्सलाई उपविजेता बनाउन महत्वपूर्ण भूमिका खेल्ने खेलाडी आरिफ शेखलाई वीरगंज महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष सुशील साह कानुले जनही ५१ हजार नगद सहित प्रशंसा पत्रद्वारा सम्मान गरेका छन् ।

बिहीबार उनीहरुलाई सम्मान गर्दै वडा अध्यक्ष कानुले वीरगंजका प्रतिनिधित्व गर्ने यी दुवै खेलाडीले एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेर वीरगंजको नाम गर्वले उच्च बनाएकाले वडा कार्यलयले सम्मान गरेको बताए ।

त्यस्तै उनले आगामी दिनमा युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न यस्ता खेलाडीहरु प्रेरणाको स्रोत रहेको पनि बताए । उनले वीरगञ्जलाई खेलकुदको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयासमा आफू जहिले पनि साथ दिन तयार रहेको पनि बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पौवादुङमा गोल्डकप फुटबल माघ १ गतेदेखि हुने

भोजपुर । भोजपुर जिल्लाको पुर्वी पौवादुङ्मा गाउँपालिकामा कोशी प्रदेशस्तरीय ‘पौवादुङमा गोल्ड कप फुटबल

यु–१९ क्रिकेट : महिला टिमको बन्द प्रशिक्षण भरतपुरमा सुरु

चितवन। महिला यु–१९ विश्वकप क्रिकेटको लागि नेपाली टिमको बन्द प्रशिक्षण भरतपुरमा सुरु भएको

मेयर कप भेट्रान फुटबल हुने

काठमाडौं। श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका–१३ को संयुक्त आयोजनामा दोस्रो ललितपुर

पोखरामा ‘ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगिता हुने

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही पुस ११ गतेदेखि २१ औँ