फाल्गुनन्द गोल्डकपमा न्यू स्टारमाथि गोलको वर्षा



 

पाँचथर । न्यू स्टार क्लब सुनसरीको पोस्टमा गोलको वर्षा गर्दै मछिन्द्र फुटबल क्लब, काठमाडौँ फिदिममा जारी एघारौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।

फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा मंगलबार भएको   दोश्रो क्वाटरफाइनल खेलमा न्यू स्टारलाई ६–२ गोलअन्तरले पराजित गर्दै मछिन्द्र सेमिफाइनलमा पुगेको हो ।

कमजोर प्रदर्शन गरेको न्यू स्टार प्रतियोगिताबाट बाहिरिएको छ । मछिन्द्रका लागि बिजु भुजेलले खेलको पाचौँ र १५औँ मिनेटमा गोल गरेका थिए । यस्तै आदित्य शाक्यले ४३औँ, मनिष डाँगीले ५६औँ, सञ्जय श्रेष्ठले ६२औँ र सौरभ सुब्बाले ८५औँ मिनेटमा गोल गरे । न्यू स्टारका लागि सुशील राईले १३औँ र सन्दीप श्रेष्ठले ६७औँ मिनेटमा गोल गरेका थिए ।

प्रतियोगिताअन्तर्गत बुधबार तेश्रो क्वाटरफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ र बिराटनगर सीटी फुटवल क्लब मोरङबीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापामगरले जानकारी दिए ।

यसअघि क्वाटरफाइनलमा त्रिभुवन आर्मीलाई पराजीत गर्दै आयोजक फिदिम स्पोर्टिङ क्लब सेमीफाइनलमा पुगिसकेको छ । यही पुस १५ गते सम्पन्न हुने प्रतियोगिताका विजेताले १० लाख तथा उपविजेताले पाँच लाख पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले एक थान विद्युतीय स्कुटर प्राप्त गर्ने छन् । विधागत रूपमा उत्कृष्ट खेलाडीहरू, प्रशिक्षक तथा सर्वाधिक गोलकर्ताले समेत पुरस्कार प्राप्त गर्ने आयोजक फिदिम स्पोर्टिङ क्लबले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फ्रेन्चाइज भलिबल प्रतियोगिताको लोगो र नारा सार्वजनिक

काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग

महिला यु–१९ विश्वकपको बन्द प्रशिक्षणका लागि टोली चितवनमा

चितवन । आगामी जनवरीमा मलेसियामा हुने महिला यु–१९ विश्वकपको लागि नेपाली टिमको बन्द

कुशल मल्ल इन्टरनेशनल लिग टी–२० मा अनुबन्ध

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर कुशल मल्लले संयुक्त अरब इमिरेट्स (यूएई)

झापा कपको उपाधि चर्च ब्वाइजलाई

झापा । झापा कपको उपाधि चर्च ब्वाइज युनाइटेड क्लबले जितेको छ । उपाधि