नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई



अर्घाखाँची । अन्तरपाटी महिला सञ्जाल अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा आयोजना गरिएको उपप्रमुख कप नगरस्तरीय महिला भलिबल खेल प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगिताको उपाधि जनज्योति माविले जितेको छ ।

सन्धिखर्क नगरपालिकाका ११ माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगिताको आज भएको फाइनल खेलमा अर्घाखाँची आवासीय माविलाई सोझो सेटमा हराउँदै जनज्योति मावि विजेता बनेको हो । आयोजक अन्तरपाटी महिला सञ्जालका अध्यक्ष चन्द्रा गैरेका अनुसार प्रतियोगितामा अर्घाखाँची आवासीय मावि द्वितीय, गौरीशङ्कर इङलिस बोर्डिङ स्कुल तृतीय र भगवती मावि शङ्खेटारीले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने टोलीले ट्रफी, मेडल, प्रमाणपत्रसहित क्रमशः रु २० हजार, रु १५ हजार, रु ८ हजार र रु ५ हजार प्राप्त गरेका छन् । सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त प्रतियोगिता शुक्रबारदेखि सन्धिखर्कको टुँडिखेलमा सुरु भएको थियो ।

छात्राहरु खेलमा पनि अब्बल छन् भन्ने सन्देश दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सन्धिखर्क नगरका उपप्रमुख मिश्रा आचार्यले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखरामा हुने नेपाल–चीन मैत्रिपूर्ण ‘ड्रागन वोट रेस’ मा २० समूहले सहभागिता जनाउने

  काठमाडौँ । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यही पुस १४ गतेदेखि नेपाल–चीन

जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने !

हिमाल लम्साल, वीरगञ्ज । वीरगञ्ज महानगर-१२ मुर्ली नयाँ टोलका मोहम्मद सलाम शेख र

नेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल

काठमाडौं ।  नेपाली पार्कर खेलाडी दिनेश सुनार २०औँ पटक गिनिज बुक अफ वर्ल्ड

जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि