जनकपुरलाई आठ विकेटले पराजित गर्दै सुदूरपश्चिम एनपीएलको फाइनलमा



काठामाडौँ । नेपाल प्रिमियर लिग(एनपीएल) मा जनकपुर बोल्टसलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा सुदुरपश्चिमले जनकपुरलाई आठ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

जनकपरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । सुदुरपश्चिमका लागि ओपनर विनोद भण्डारीले अर्धसतकीय पारी खेले ।

उनले ५५ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ५८ रन बनाए। यस्तै अर्का ओपनर सेफ जैब २१ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै ३२ रन बनाएर आउट भए ।

सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले २५ रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले २० रन बनाए । यसअघि टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो ।

जनकपुरले बिहीबार कर्णाली याक्ससँग दोस्रो क्वालिफायर खेल्नेछ। उक्त खेलको विजेताले फाइनलमा सुदूरपश्चिमसँग उपाधिका लागि खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
८४ को चुनाव सम्पन्न गरेर मात्रै यो सरकार आफ्नो बाटो लाग्छः सञ्चारमन्त्री  गुरूङ

  काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मुलुक सङ्कटमा पर्दा नेपालका

न्यायपरिषद्को काम कारबाही आगामी दिनमा अझ जिम्मेवार र सक्रिय बनाउँछुः प्रधानन्यायाधीश राउत

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयको गरिमा कायम राख्न विश्सनीयता र पारदर्शिता

निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने व्यवस्था विधेयकमा राख्न सांसदहरुको सुझाव

काठमाडौँ । सांसदहरुले निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने गरी ऐन बनाउनुपर्नेमा जोड

साम्प्रदायिकतालाई निमिट्यान्न पार्न सरकार तत्पर छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि