एनपीएलमा कर्णालीले चितवनलाई दियो एक सय ७६ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)मा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा जारी एलिमिनेटर खेलमा कर्णालीले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १७५ रन बनाएको हो ।

कर्णालीका लागि जयकिशन कोसावाला र विलियम बोसिस्टोले अर्धशतकीय पारी खेले । कोसावालाले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५३ रन बनाए । विलियम बोसिस्टोले ३७ बलमा अर्धशतक पूरा गरे ।

उनले ५२ रनको योगदान गरेका छन् । विस्फोटक ब्याटिङ गरेका च्याडविक वाल्टनले २३ बलमा अविजित ४६ रन बनाए । यो खेलको विजेताले दोस्रो क्वालिफायरमा स्थान पक्का गर्नेछ । पराजित टोलीको भने एनपीएलको यात्रा समाप्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रचण्ड, देउवा र ओलीलाई बाबुरामको चेतावनीः प्रतिक्रान्तिका बादल क्षितिजमा मडारिन खोजिरहेछन्, ख्याल राखौं

-बाबुराम भट्टराई । २०६३ मा शुरू भएको शान्ति प्रक्रियाको एउटा महत्वपूर्ण अंग सत्यनिरूपण

चितवन एनपीएलबाट बाहिरियो, कर्णाली दोस्रो क्वालिफायरमा प्रवेश

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटरको खेलमा कर्णाली याक्स विजयी भएको

काठमाडौंको एयरपोर्ट शम्भुमार्गबाट श्रोत नखुलेको ६८ लाख नगदसहित चार जना पक्राउ

काठमाडौं । प्रहरीले हुण्डी कारोबारमा संलग्न चार जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।

त्रिविको जग्गा खोजबिन आयोगको प्रतिवेदन कार्यान्वयन हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको जग्गा हिनामिना गर्ने जोकोही भए