मनकामनादेखि गोरखकालीसम्मको म्याराथन दौड प्रतियोगिताको उपाधि रावतलाई



गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरदेखि गोरखकाली मन्दिरसम्मको म्याराथन दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका करन रावतले जितेका छन् ।

आज सम्पन्न प्रतियोगितामा निर्धारित ४२ किलोमिटर एक सय ९५ मिटर दूरी उनले दुई घण्टा ३६ मिनेट ७ सेकेण्डमा पूरा गर्दै पहिलो हुन सफल भएका हुन् ।

उपाधि विजेता रावतले रु एक लाख ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै प्रतियोगितामा नेपाली सेनाकै हेमलाल श्रेष्ठले निर्धारित दूरी दुई घण्टा ४० मिनेट ४४ सेकेण्डमा पूरा गरेर दोस्रो भए । उनले एक लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक जिल्ला खेलकुद विकास समिति गोरखाका अध्यक्ष शान्तासिंह बस्नेतले जानकारी दिइन्।

प्रतियोगितामा नेपाली सेनाका गजेन्द्र राई तेस्रो भए । उनले निर्धारित दूरी दुई घण्टा ४४ मिनेट ६ सेकेण्डमा पूरा गर्दै ७५ हजारसहित मेडल र प्रमाणपत्र हात पार्न सफल भए ।

खेलकुदको माध्यमबाट गोरखाको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यसहित जिल्ला खेलकुद विकास समितिले दुईवटा धार्मिक स्थललाई जोडेर म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपीएलमा बिजेता र उपबिजेता शेख दाजुभाइलाई गृहजिल्लामा सम्मान

वीरगंज । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई विजेता बनाउने कप्तान आशिफ

पौवादुङमा गोल्डकप फुटबल माघ १ गतेदेखि हुने

भोजपुर । भोजपुर जिल्लाको पुर्वी पौवादुङ्मा गाउँपालिकामा कोशी प्रदेशस्तरीय ‘पौवादुङमा गोल्ड कप फुटबल

यु–१९ क्रिकेट : महिला टिमको बन्द प्रशिक्षण भरतपुरमा सुरु

चितवन। महिला यु–१९ विश्वकप क्रिकेटको लागि नेपाली टिमको बन्द प्रशिक्षण भरतपुरमा सुरु भएको

मेयर कप भेट्रान फुटबल हुने

काठमाडौं। श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका–१३ को संयुक्त आयोजनामा दोस्रो ललितपुर