‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा’



 

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशको सुर्खेतमा तय भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुनमा हुने बताएका छन् ।

राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रम २०८०/८१ मा उल्लेखित युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासनका विषयबारेको छलफलमा मन्त्री चौधरीले पूर्वनिर्धारित समय र स्थानमै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिने प्रतिबद्धता जनाएका हुन् ।

‘कर्णालीमा खेलकुदका संरचना छैनन्, त्यहाँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुन सक्दैन भन्ने बुझाइ गलत हो, प्रदेश सरकारले त्यहाँ करोडौँ रुपैयाँको लगानीमा संरचना निर्माण गरेको छ, त्यही संरचनामा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन्छ’, मन्त्री चौधरीले भने । खेलाडीको सामाजिक सुरक्षाका लागि मन्त्रालय प्रतिबद्ध रहेको उनले बैठकलाई जानकारी गराए ।

बैठकमा सांसदहरुले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय र स्थान परिवर्तन गर्न नहुनेमा जोड दिएका थिए । बैठकमा सांसदहरु पदम परियार, मदनकुमारी शाह, सुमित्रा बिसीलगायतले खेलकुद प्रतियोगिता तोकिएकै समय र स्थानमा गर्न मन्त्री चौधरीसँग अनुरोध गरे ।

मन्त्रालयका सचिव सुमन अर्यालले खेलकुदलाई शिक्षा, संस्कृतिलगायत विधासँग पनि जोडेर काम गर्न लागिएको जानकारी गराए । खेलकुद सङ्घले नै प्रतियोगिताको आयोजना गर्ने भएकाले तिनैलाई बलियो बनाउन लागिएको उनले बताए । मन्त्रालयले नीति निर्माणको काम गर्ने सचिव अर्यालले बैठकमा जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपीएलमा बिजेता र उपबिजेता शेख दाजुभाइलाई गृहजिल्लामा सम्मान

वीरगंज । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई विजेता बनाउने कप्तान आशिफ

पौवादुङमा गोल्डकप फुटबल माघ १ गतेदेखि हुने

भोजपुर । भोजपुर जिल्लाको पुर्वी पौवादुङ्मा गाउँपालिकामा कोशी प्रदेशस्तरीय ‘पौवादुङमा गोल्ड कप फुटबल

यु–१९ क्रिकेट : महिला टिमको बन्द प्रशिक्षण भरतपुरमा सुरु

चितवन। महिला यु–१९ विश्वकप क्रिकेटको लागि नेपाली टिमको बन्द प्रशिक्षण भरतपुरमा सुरु भएको

मेयर कप भेट्रान फुटबल हुने

काठमाडौं। श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका–१३ को संयुक्त आयोजनामा दोस्रो ललितपुर