यु-१९ एशिया कप क्रिकेटः श्रीलङ्काले नेपाललाई दियो २३४ रनको लक्ष्य



काठमाडौं । एसीसी यु-१९  पुरुष एशिया कप क्रिकेटमा श्रीलङ्काले नेपाललाई २३४ रनको लक्ष्य दिएको छ । शुक्रबार यूएईको शारहाजमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्काले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ३३ रन बनायो । श्रीलङ्काका शारुजन शानमुगनाथनले ६२ रन बनाए ।

नेपालका सन्तोष यादवले ४ विकेट लिए । यूएईमा आजदेखि शुरू भएको प्रतियोगितामा आठ वटा देश सहभागी छन् । १९ वर्षमुनिको एशिया कप क्रिकेटको समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र यूएई छन् । समूह ‘बी’ मा नेपाल, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् ।

नेपालले समूह चरणको दोस्रो खेलमा आइतबार बङ्गलादेशसँग र तेस्रो तथा अन्तिम खेलमा मङ्सिर १८ गते अफगानिस्तानसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिखर धवन आइपुगे नेपाल, कर्णाली याक्सबाट खेल्न

काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका भारतका खेलाडी शिखर धवन नेपाल आइपुगेका छन्

यु–१९ एसिया कप क्रिकेटमा नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ । यु–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको छ

‘जनकपुर बोल्टस्’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को टोली ‘जनकपुर बोल्टस्’ले नेपाल सेरामिक इण्डस्ट्रीसँग डेकोर

 एनपीएल क्रिकेट कोशेढुङ्गा बन्ने अपेक्षा

-राजु सिलवाल नेपाल अहिले क्रिकेटमय बनेको छ । विश्व मानचित्रमा क्रिकेट खेलतर्फ आफ्नो