यु-१९ एशिया कप क्रिकेटः श्रीलङ्काले नेपाललाई दियो २३४ रनको लक्ष्य
काठमाडौं । एसीसी यु-१९ पुरुष एशिया कप क्रिकेटमा श्रीलङ्काले नेपाललाई २३४ रनको लक्ष्य दिएको छ । शुक्रबार यूएईको शारहाजमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्काले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ३३ रन बनायो । श्रीलङ्काका शारुजन शानमुगनाथनले ६२ रन बनाए ।
नेपालका सन्तोष यादवले ४ विकेट लिए । यूएईमा आजदेखि शुरू भएको प्रतियोगितामा आठ वटा देश सहभागी छन् । १९ वर्षमुनिको एशिया कप क्रिकेटको समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र यूएई छन् । समूह ‘बी’ मा नेपाल, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् ।
नेपालले समूह चरणको दोस्रो खेलमा आइतबार बङ्गलादेशसँग र तेस्रो तथा अन्तिम खेलमा मङ्सिर १८ गते अफगानिस्तानसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।