स्याङ्जाका तीन महिला क्रिकेटरलाई जनही एक/एक लाखका दरले पुरस्कार प्रदान



वालिङ (स्याङ्जा) । स्याङ्जाका तीन महिला क्रिकेटरलाई जनही   एक-एक लाख रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको छ । उन्नाइस वर्षमुनिका उमेर समूहबाट नेपालको प्रतिनिधित्व गर्दै युएईमा सम्पन्न टि-२० महिला क्रिकेट प्रतियोगितामा सहभागी स्याङ्जाका तीन खेलाडीलाई बुधबार एक कार्यक्रमको आयोजना गरी पुरस्कार तथा सम्मान गरिएको हो ।

शिक्षा, स्वास्थ्य, रोजगार तथा खेलकुदका क्षेत्रमा सक्रिय रहेका खुमा अर्याल फाउण्डेशनले उनीहरूलाई नगदसहित दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरेको हो ।

कार्यक्रममा स्याङ्जाको पुतली बजार नगरपालिका-१ का ज्योत्सिना मरासिनी, पुतली बजार–१३ की सिमाना केसी, कुसुम गोदार र स्याङ्जा क्रिकेट संघका अध्यक्ष दिवाकर थापालाई पुरस्कार तथा सम्मान गरिएको संस्थाका सचिव ध्रुव शर्माले जानकारी दिए । संस्थाले छैटौँ स्थापना दिवसको सन्दर्भ पारेर बुधबार सम्मान गरेको हो ।

युएईमा भएको यु-१९ टी-२० महिला विश्वकपको एसिया छनोटको उपाधि विजेता एवं सन् २०२५ मा मलेसियामा हुने विश्वकप खेलमा पुग्न सफल नेपाली टिममा स्याङ्जाका तीन जना महिला खेलाडी पर्न सफल भएका थिए ।

देशका लागि खेल्न पाउँदा आफूलाई गर्व लागेको र आगामी दिनमा खेल्नका लागि थप ऊर्जा मिलेको खेलाडी ज्योत्सिना मरासिनीले बताइन् । अबको समय मलेसियामा हुने एसिया कपको तयारीमा जुट्नुपर्ने उनले बताइन् ।

महिला खेलाडीलाई स्याङ्जाको पुतली बजार नगरपालिकाले जनही रु. ३३ हजार तीन सय ३३ पुरस्कार तथा सम्मानस्वरुप प्रदान गर्ने निर्णय गरेको नगर प्रमुख तुलसीराम रेग्मीले बताए । नगर कार्यपालिकाले तीन जनालाई रु. एक लाख प्रदान गर्ने निर्णय गरेकाले आगामी नगर सभाबाट खेलाडीलाई प्रदान गरिने उनले बताए ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले जनही रु. १५ हजार नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए । गाउँपालिकाले बिहीबार एक कार्यक्रमको आयोजना गरी पुरस्कार एवं प्रदान गर्ने तयारी गरेको उनले बताए । यसअघि स्याङ्जा जिल्ला खेलकुद विकास समितिले खेलाडीलाई सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘एक पालिका, एक खेल मैदान’ योजनामै सीमित

बागलुङ । बागलुङमा विभिन्न खेलका पूर्वाधार निर्माणले गति लिन सकेको छैन । खेल

सम्मान र पुरस्कारले उत्साहित पूजा

महोत्तरी । यु–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोलाई अहिले सम्मान तथा पुरस्कार

नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग विभिन्न खेल संस्थाको माग

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बेसबल खेल क्षेत्रका विभिन्न संस्थाले नेपाल

विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे नेपाल आउँदै

  काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल