सुदूरपश्चिम रोयल्स र एसपिएबीच सम्झौता



कैलाली । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने ‘सुदूरपश्चिम रोयल्स’ क्लब र धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) बीच ‘एजुकेसन पार्टनर’ का लागि सहकार्य गर्ने सम्झौता भएको छ ।

सम्झौतापछि आज क्लबका मालिक स्वतन्त्रप्रताप शाहले सुदूरपश्चिममा क्रिकेटको विकास गर्ने लक्ष्य लिइरहँदा एसपिएसँग सहकार्य गर्न पाउनु उपलब्धिपूर्ण भएको बताए । एसपिएका प्रबन्ध निर्देशक सुभाष शाहीले सम्झौताले क्रिकेटका माध्यमबाट खेलकुदलाई नयाँ उचाइमा पुर्‍याउन सक्ने विश्वास व्यक्त गरे ।

एसपिएले नेपाल क्यान निलम्बनमा रहँदा फ्रेन्चाइज लिगको अवधारणाअनुसार धनगढी प्रिमियर लिग (डिपिएल) आयोजना गरेर नेपाली क्रिकेटलाई जीवन्त राखेको थियो । धनगढीलाई क्रिकेटको सहरका रूपमा चिनाउन एसपिएले निरन्तर योगदान दिइरहेको छ ।

‘सुदूरपश्चिम रोयल्स’को टोलीलाई सोमबार धनगढीमा स्वागत गरिएको थियो । यसअघि एनपिएलका लागि फ्रेन्चाइज टोली ‘सुदूरपश्चिम रोयल्स’ले धनगढीको क्रिकेट मैदानमा ‘ट्यालेन्ट हन्ट’ पनि पूरा गरिसकेको छ । रोयल्सले धनगढीको फाप्ला खेल मैदान र महेन्द्रनगरमा बन्द प्रशिक्षण थालेको छ ।

रोयल्सले आफ्नो कोटाका चार विदेशी खेलाडी ब्रान्डन मक्मलेन (स्कटल्याण्ड), सेफअलि जेब (इङ्ल्याण्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड) र रोहन मुस्तफा (युएई) लाई अनुबन्ध गरिसकेको छ ।

टोलीमा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद र अमित श्रेष्ठ छन् । यही मङ्सिर १५ देखि आगामी पुस ६ गतेसम्म काठमाडौँमा हुने एनपिएलमा रोयल्स टोलीको प्रमुख प्रशिक्षकमा जगत टमटा रहेका छन् ।

आठ टिमको सहभागिता रहने एनपिएलमा ‘सुदूरपश्चिम रोयल्स’को मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । उनी सुदूरपश्चिमवासी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विराटनगर किंग्सले गर्‍यो जर्सी सार्वजनिक

विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली विराटनगर किंग्सले जर्सी सार्वजनिक गरेको

एनपीएलको ‘पावर्ड बाई’ प्रायोजकमा एनसेल

काठमाडौं । फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग(एनपीएल) को ‘पावर्ड बाई’ प्रायोजकका रुपमा

शारीरिक सुगठनमा विजयी खेलाडी प्रधानमन्त्रीबाट सम्मानित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मालदिभ्समा सम्पन्न १५ औँ शारीरिक सुगठन

अफगानिस्तान र ताजिकिस्तानसँग मैत्रीपूर्ण खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली स्वेदश फिर्ता

काठमाडौं । ताजिकिस्तानमा दुई मैत्रीपूर्ण खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली सोमबार साँझ