नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई एनपिएलका टोलीले १० लाख पुरस्कार दिने



काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी टोलीहरूले आइसिसी यु–१९ महिला टि–२० विश्वकपमा छनोट भएको नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई पुरस्कार दिने घोषणा गरेका छन् ।

शुक्रबार संयुक्त रूपमा एनपिएलमा आबद्ध टोलीहरूले नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई १० लाख दिने घोषणा गरेका हुन् । युनाइटेड अरब इमिरेट्स (युएई)मा भएको आइसिसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो ।

नेपाली यु–१९ महिला क्रिकेट टोली बिहीबार साँझ स्वदेश फर्किसकेको छ । यसअघि नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली टोलीका खेलाडीलाई प्रोत्साहनस्वरूप जनही रु दुई लाख ५० हजार पुरस्कार दिने घोषणा गरेको थियो ।

यु–१९ महिला विश्वकप क्रिकेट सन् २०२५ मा मलेसियामा आयोजना हुँदैछ । त्यसअघि नेपालले यु–१९ एसिया कप खेल्नेछ । आगामी मङ्सिर ३० गतेदेखि मलेसियामा हुने एसिसी यु–१९ महिला एसिया कपमा नेपालसहित छ टोलीको सहभागिता रहने छ ।

एसियाली क्रिकेट परिषद् (एसिसी) अनुसार समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान छन् भने समूह ‘बी’मा बङ्गलादेश, श्रीलङ्का र मलेसिया छन् । नेपालले पुस १ गते पाकिस्तानसँग र पुस २ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपिएलको उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने(खेल तालिकासहित)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को खेलतालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट

‘सुदूरको शान, मैदानमा तुफान’ भन्दै सुदूरपश्चिम रोयल्सले धनगढीमा निकाल्यो र्‍याली

काठमाडौं । नेपाल प्रिमियर लिगको टोली सुदूरपश्चिम रोयल्सले धनगढीको चौराहदेखि रंगशालासम्म र्‍याली निकालेको

इंग्ल्याण्डसँग आयरल्याण्ड ५–० गोल अन्तरले पराजित

काठमाडौँ । युइएफए नेसन्स लिगमा इंग्ल्याण्डले फराकिलो जित निकालेको छ । सोमबार विहान

नेपालसँग कर्नाटक फराकिलो अन्तरले पराजित

काठमाडौं । यू–१९ एसियाकपको तयारीमा रहेको नेपालले भारतको कर्नाटक यू–१९ लाई १२१ रनको