नेपाल ताजकिस्तानसँग चार शून्यले पराजित



काठमाडौं । ताजकिस्तानमा भएको थ्री नेसन्स मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले घरेलु टोलीसँग फराकिलो अन्तरले पराजित भएको छ ।

बुधबार राति ताजकिस्तानको दुसान्वी सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाल ताजकिस्तानसँग ४–० को फराकिलो अन्तरले पराजित भएको हो ।

ताजिकिस्तानलाई जित दिलाउन अलिशेर ड्जहालिलोभ र शेर्भोनी माबात्शोएभले समान एक÷एक गोल गरे । खेलको १९ औं मिनेटमा शेर्भोनीले गोल गर्दै ताजिकिस्तानलाई शुरुवाती अग्रता दिलाएका थिए । २९ औं मिनेटमा अलिशेरले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

४५ औं मिनेटमा शेर्भोनीले व्यक्तिगत दोस्रो गोल गर्दै ताजिकिस्तानलाई पहिलो हाफमा ३–० गोलको अग्रता दिलाएका थिए ।

५० औं मिनेटमा अलिशेरले गोल गर्दै ताजिकिस्तानलाई ४–० गोलको स्थितिमा ल्याएका थिए । अब नेपालले दोस्रो खेल मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
च्यासल खेल मैदान मर्मत गर्न दुई करोड लाग्ने

ललितपुर । ललितपुर महानगरपालिका-९ च्यासलस्थित मनोहरा खोला किनारमा च्यासल खेल मैदान गत असोजमा

आहा ! रारा पोखरा गोल्ड कप सुरू, उद्घाटन खेलमा पुलिस क्लब विजयी

काठमाडौं । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले

पारा एथलेटिक्स टोली दुबई जाने

काठमाडौँ । दुबई २०२५ विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा नेपालका ३ खेलाडीले प्रतिस्पर्धा

एनआरटी बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

धरान । साविक विजेता एनआरटी २५ औँ अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा