यू-१९ महिला टी-२० विश्वकप छनोटः नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य



काठमाडौं । आईसीसी यु १९ महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले कुवेतलाई २१४ रनको लक्ष्य दिएको छ । यूएईको सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा २ विकेट गुमाएर २ सय १३ रन बनायो । नेपालकी कप्तान पूजा महतोले कीर्तिमानी शतक बनाइन् ।

५७ बलमा शतक बनाएकी पूजा ६९ बलमा १ सय ३० रन जोड्दै नटआउट रहिन् । पूजा १९ वर्षमुनिको महिला टोलीका लागि अन्तर्राष्ट्रिय शतक बनाउने पहिलो खेलाडी बनिन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले हराएको थियो । नेपाल तेस्रो खेलमा यूएईसँग १३ रनले पराजित भएको थियो ।

नेपालले चौथो खेलमा थाइल्यान्डलाई १ सय ६ रनले हराएको थियो । प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । यु १९ महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिखर धवनले कर्णाली याक्सबाट खेल्ने

काठमाडौं । भारतीय क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सबाट खेल्ने

कमलदह मेलामा कुस्तीको ‘क्रेज’

सिरहा  । सिरहाको मिर्चैया नगरपालिका-९ मा अवस्थित पौराणिक तथा धार्मिक पर्यटकीयस्थल कमलदहमा हरिबोधनी

नेपाल ताजकिस्तानसँग चार शून्यले पराजित

काठमाडौं । ताजकिस्तानमा भएको थ्री नेसन्स मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले घरेलु

उमा कुङफु सङ्घको अध्यक्षमा राई चयन

काठमाडौँ । नेपाल उमा कुङफु सङ्घको बुधबार सम्पन्न पाँचौँ साधारणसभाले सञ्जितकुमार राईको अध्यक्षतामा