भूपेन्द्रलाई अमेरिकामा दुई रजत



काठमाडौं । नेपालका भूपेन्द्र गुरुङले १५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपमा रजत जितेका छन् । अमेरिकाको क्यालिफोर्नियास्थित आर्काडिया हाइ स्कुल जिम्नाजियममा नोभेम्बर ९ तारिखमा भएको प्रतियोगितामा भूपेन्द्रले २ स्पर्धामा २ रजत जितेका हुन् ।

ट्रेडिसनल चाइनिज मार्सल आर्टस् फेडरेसन, युएसएद्वारा आयोजित प्रतियोगितामा भूपेन्द्रले ३६ वर्षमाथि उमेरसमूहमा ताइची र ट्रेडिसनल चाइनिज फम्समा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा विभिन्न ३० राष्ट्रका २ सय ५० भन्दा बढी खेलाडीको सहभागिता रहेको बताइएको छ । भूपेन्द्रको यो पाँचौं अन्तर्राष्ट्रिय पदक हो । यसअघि उनले विभिन्न ३ अन्तर्राष्ट्रिय प्रतियोगितामा ३ स्वर्ण पदक जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूजाको उत्कृष्ट प्रदर्शनमा कुवेतविरुद्ध नेपालको जित

काठमाडौं । यू–१९ महिला विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको

यू-१९ महिला टी-२० विश्वकप छनोटः नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले कुवेतलाई २१४

नेपालको खेलकुद क्षेत्रको लागि थप सहयोग गर्ने चिनियाँ चाहना

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले चीन सरकारले नेपालको

लुम्बिनी लायन्सको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल

काठमाडौं । लुम्बिनी लायन्सले नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाललाई आफ्नो टोलीको ब्राण्ड