टेबल टेनिस खेलाडी सेलिशाको निधन



 

काठमाडौँ । नेपालकी टेबल टेनिस खेलाडी सेलिशा खड्गीको शुक्रबार निधन भएको छ ।

लामो समयदेखि पेटको क्यान्सरले पीडित सेलिशाको निधन भएको टेबल टेनिस प्रशिक्षक राकेश महर्जनले जानकारी दिए । उनका अनुसार ३० वर्षीया सेलिशाको आजै कीर्तिपुरमा अन्त्यष्टि गरिएको छ ।

सेलिशाले नेपालको प्रतिनिधित्व गर्दै सन् २०१५ मा थाइल्यान्डको पटायामा भएको एसियन टेबल टेनिस च्याम्पियनसिप र सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा भएको १२औँ दक्षिण एसियाली खेलकुद (साग) मा खेलेकी थिइन्  ।

 

यसैगरी सन् २००९ मा भारतको जयपुरमा भएको ओएजिसी दक्षिण एसियाली जुनियर टेबल टेनिस च्याम्पियनसिपमा सेलिशाले नेपाललाई काश्य पदक दिलाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आर्मीद्वारा बागमती पराजित

  काठमाडौँ । राजधानीमा जारी एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत दोस्रो चरणको खेलमा विभागीय

सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघमा

ललितपुर । नेपाली कांग्रेस, लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समिति २०८१ को आयोजनामा

जय ट्रफी मेन्स एलिट कपका लागि सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं । जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टोली

सोतोकान कराते टोली भारत प्रस्थान

काठमाडौँ । खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको ३३औँ संस्करणमा सहभागी हुन ३० खेलाडीसहित ३२