सुदूरपश्चिम यू–१९ क्रिकेटको फाइनलमा



 

बैतडी । नरेश श्रेष्ठ स्मृतिद्वारा विराटनगरमा आयोजित ‘यू–१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम प्रदेश पुगेको छ । सोमबार भएको खेलमा कोसी प्रदेशमाथि एक सय २३ रनको विशाल जीत निकाल्दँै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।

जीतका लागि एक सय ८४ रनको लक्ष्य पछ्याएको कोसी २२.३ ओभरमा ६० रनमा अलआउट भयो । कोसीका कप्तान सौजन घिमिरेले २६, आशिष मगरले १३ रन जोड्नबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

कोसीका लागि म्यान अफ द म्याच चुनिएका सचिन भट्टले उत्कृष्ट बलिङ प्रदर्शन गरे । सचिनले छ ओभर बलिङ गर्दै पाँच विकेट झारे भने नरेन साउँदले चार र सौजन घिमिरेले समान चार विकेट झारे ।

यसअघि मार्लिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम ४७.३ ओभरमा एक सय ८३ रनमा समेटियो । सुदूपश्चिमका युवराज खत्रीले ४४, अभिषेक थापाले ३७ रन बनाएका थिए ।

सुदूरपश्चिम यो जीतसँगै छ खेलबाट १० अङ्कका साथ अङ्कतालिकाको दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । अङ्कतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी प्रदेशसँग सुदूरपश्चिमको बुधबार प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगितामा सातवटै प्रदेशको सहभागिता रहेकामा लुम्बिनी र सुदूरपश्चिम प्रदेश फाइनलमा पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
झापा कपको उपाधि चर्च ब्वाइजलाई

झापा । झापा कपको उपाधि चर्च ब्वाइज युनाइटेड क्लबले जितेको छ । उपाधि

बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघ १९ गतेदेखि २६ गतेसम्म हुने

धरान । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करण आगामी माघमा हुनेभएको

एनपीएलले उघारेको सपना

डा. शोभाकर पराजुली देशको खेल इतिहासमै पहिलोपटक भएको नेपाल क्रिकेट लिग (एनपीएल) को

पोखरामा हुने नेपाल–चीन मैत्रिपूर्ण ‘ड्रागन वोट रेस’ मा २० समूहले सहभागिता जनाउने

  काठमाडौँ । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यही पुस १४ गतेदेखि नेपाल–चीन