नेपाल र स्कटल्यान्ड भिड्दै : करण र भीमले खेल गुमाउने



काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डको सामना गर्दैछ ।

अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति १०ः१५ बजेदेखि सुरु हुनेछ । उक्त खेलमा नेपाल दोस्रो जितको खोजीमा रहेको छ । यही शृङ्खलाको खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको थियो । त्यसैगरी अमेरिकासँग भने नेपाल तीन विकेट र ३७ रनले पराजित भएको थियो ।

यता स्कटल्यान्ड तेस्रो जित दर्ता गराउने उद्देश्यका साथ मैदानमा उत्रदैछ । स्कटल्यान्डले अमेरिकाविरुद्ध १० विकेट र ७१ रनको जित निकालेको थियो ।

आजको स्कटल्यान्डविरुद्धको खेलमा नेपाली राष्ट्रिय टोलीका तीव्र गतिका बलर करण केसी र ब्याटर भीम सार्कीले नखेल्ने भएका छन् । दुवै जना खेलाडीलाई चोट लागेका कारण स्कटल्यान्डविरुद्धको खेल गुमाउने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जानकारी दिएको छ ।

क्यानको अनुसार उनीहरुको स्थानमा ब्याटर देव खनाल र तीव्र गतिका बलर सागर ढकाललाई टोलीमा समेटिएको छ । लिग–२ मा नेपाल ११ खेलमा पाँच अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा छ । त्यस्तै स्कटल्यान्ड १० खेलबाट १३ अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आर्मीद्वारा बागमती पराजित

  काठमाडौँ । राजधानीमा जारी एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत दोस्रो चरणको खेलमा विभागीय

सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघमा

ललितपुर । नेपाली कांग्रेस, लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समिति २०८१ को आयोजनामा

जय ट्रफी मेन्स एलिट कपका लागि सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं । जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टोली

सोतोकान कराते टोली भारत प्रस्थान

काठमाडौँ । खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको ३३औँ संस्करणमा सहभागी हुन ३० खेलाडीसहित ३२