काठमाडौं महानगरले साफ च्याम्पियनसिपको फाइनल खेल तीन ठाउँमा प्रत्यक्ष देखाउने



काठमाडौं । काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने फाइनल खेल तीन ठाउँमा प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।

नेपाल र बंगलादेश बीच हुने फाइनल खेल टुँडीखेल, चाबहिल गणेशस्थान चौरमा र सानो गौचरणमा प्रत्यक्ष देखाउने महानगरले जानकारी दिएको छ ।

महानगरले भनेको छ, ‘यो खेल हेर्न धेरै दर्शकहरुलाई चाहना छ । तर, खेलमैदानमै पुगेर खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन छ । यसकारण, हामीले खेलमैदानमा पुग्न नसक्ने तर खेल मैदान जत्तिकै उत्साहका साथ खेल अवलोकन गर्ने अवसरका लागि टुँडिखेल, चावहिलको फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ)मा एलइडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउँदैछौँ । खेलको प्रवर्धन, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको प्रोत्साहनका प्रदर्शन हुने प्रत्यक्ष प्रसारण खेल अवलोकनका लागि आफूलाई पायक पर्ने स्थानमा जानुहुन फुटबल खेलप्रेमी दर्शकहरुलाई अनुरोध गर्दछौँ ।’

खेल आज साँझ साढे ६ बजेदेखि सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजेन्द्र तामाङद्वारा महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षक पदबाट राजीनामा

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राजीनामा दिएका छन्

बङ्गलादेशले जित्यो साफ महिला च्याम्पियनसिपको उपाधि, नेपाल उपविजेतामा सीमित

काठमाडौँ  । नेपाललाई पराजित गर्दै बङ्गलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि जितेको छ

अझै फेरिएन नारायणी रङ्गशालाको स्वरुप

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिका–११ श्रीपुरका सुनिल राउत कुर्मीले घर नजिकै रहेको नारायणी

उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली

काठमाडौँ ।  नेपाल बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली