टेबलटेनिसमा नेपालले साउदीलाई हरायो



काठमाडौं ।  बहराइनको मानामामा जारी आईएसएफ जिम्नासाइडको टेबलटेनिसमा नेपालले महिला टिम इभेन्टमा साउदी अरबियालाई पराजित गरेको छ।

बहराइन नेसनल स्टेडियास्थित इसा स्पोर्ट्स सिटी हल ‘बी’ मा ९ देखि १३ औं स्थानका लागि भएको प्रतिस्पर्धामा नेपालले साउदी अरबियालाई ४–१ ले पराजित गर्‍यो। जितसँगै नेपालले सोमबार ९ देखि ११ औं स्थानका लागि युगान्डा वानसँग खेल्ने छ।

यो खेल जितेमा नेपालले पुनः ९ देखि १० औं स्थानका लागि खेल्ने अवसर पाउने छ । नतिजा अनुकुल नआएमा नेपाल ११ औं स्थानमा रहने छ ।

महिला टिम इभेन्टमा नेपालले समूह चरणमा इङल्यान्ड, अजरवैजान, इटाली र चाइनिज ताइपेईंसंग प्रतिस्पर्धा गरेको थियो । नेपाल इङल्यान्डसंग ४–३, अजरवैजानसंग ५–२, इटालीसंग ५–२ र चाइनिज ताइपेईंसंग ७–० ले पराजित भएको थियो । महिला टिममा नेपालबाट इभाना थापा, वियंका राई, माल्सा नेपाल र विद्विसा मैनालीले खेली रहेका छन् ।

महिलामा नेपालले सिंगल्स स्पर्धामा पनि प्रतिस्पर्धा गर्ने छ । पुरुषमा जेविश बुर्लाकोटी र आशिष महताले पनि सिंगल्समा नेपालको चुनौती प्रस्तुत गर्ने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतलाई पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनशिपको फाइनलमा

  काठमाडौँ  । नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को फाइनमा प्रवेश गरेको छ ।

रेखा पौडेलले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा सीमित

काठमाडौँ । साफ माहिला च्याम्पियनसिप–२०२४ अन्तर्गत अहिले नेपाल र भारतबीच सेमिफाइनल खेल भइरहेको

बंगलादेश साफ च्याम्पियनसिपको फाइनलमा, भुटान ७–१ गोलले पराजित

काठमाडौं । बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ

पञ्चकन्या र चुलाचुली सेमिफाइनलमा

सङ्खुवासभा ।  चुलाचुली क्लब धनकुटा र पञ्चकन्या क्लब अरुणभ्याल्ली फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश