भूटान साफ महिला च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’को शीर्ष स्थानमा



काठमाडौँ । श्रीलङ्कालाई हराउँदै भूटान साफ महिला च्याम्पियनसिप, २०२४ अन्तर्गत समूह ‘बी’को अङ्कतालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको खेलमा भूटानले श्रीलङ्कालाई ४–१ गोलअन्तरले पराजित गर्दै समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको हो । जितसँगै भूटानले दुई खेलबाट चार अङ्क जोडेको छ । पहिलो खेलमा भूटानले घरेलु टोली नेपाललाई गोलरहित बराबरीमा रोकेको थियो ।

आज खेल सुरुआती सातौं मिनेटमा भूटानकी डेकी ल्जोहामले गोल गर्दै पहिलो अग्रता दिलाइन । त्यस्तै खेलको २३औं मिनेटमा श्रीलङ्काकी  कप्तान थुशानी मधुशिकाले गोल गर्दै खेल एक–एक गोलको बराबरीमा ल्याइन ।

त्यसपछि खेलको ३२औँ मिनेटमा भूटानकी दोर्जी एडेनले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाइन । खेलको ७६औँ मिनेटमा डेकीले व्यक्तिगत दोस्रो गोल गर्दै भूटानलाई ३–१ को अग्रता दिलाइन् । डेकीले गोल गरे लगत्तै नामग्याल डेमाले गोल गर्दै भूटानलाई ४–१ गोलको जित दिलाइन ।

समूह ‘बी’मा रहेको नेपालले आज माल्दिभ्ससँग खेल्दैछ । उक्त खेल साँझ ५ः३० बजे हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वीरगञ्जको क्रिकेट मैदान स्तरोन्नति गरिँदै

वीरगञ्ज । वीरगञ्जको नारायणी रङ्गशाला परिसरमा अवस्थित क्रिकेट मैदान स्तरोन्नति सुरु गरिएको छ।

पाल्पामा भलिबल खेलाडीबीच प्रतिस्पर्धात्मक खेल हुँदै

रामपुर । पाल्पामा खेलकुदका क्रियाकलाप बढ्दै गएका छन् । खेलकुदमा खेलाडीको मनोबल बढाउन

माल्दिभ्सविरुद्ध गोलको वर्षा गर्दै नेपालको ११-० को फराकिलो जित

काठमाडौं । साफ महिला च्याम्पियनसिपको समूह चरणको खेलमा नेपालले माल्दिभ्सलाई हराएको छ ।

स्कटल्यान्डका अलराउन्डर ब्रान्डनले सुदूरपश्चिम रोयल्सबाट खेल्ने

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल सुपर लिग (एनपिएल) का लागि स्कटल्यान्डका अलराउन्डर ब्रान्डन