वान्टेड समूहलाई दोस्रो रिभरसाइड फुटबलको उपाधि



 

म्याग्दी । विजयादशमीको अवसर पारेर म्याग्दीको बेनी नगरपालिका–२ स्थित रिभरसाइड बगरफाँट युवा क्लबले आयोजना गरेको ‘दोस्रो रिभरसाइड सेभेन ए साइड खुला फुटबल प्रतियोगिता’को उपाधि वान्टेड समूहले जितेको छ ।

बिहीबार सम्पन्न प्रतियोगिताको फाइनलमा वान्टेडको ए समूहले वान्टेड बि समूहलाई १—२ गोल प्रहार गर्दै उपाधि जितेको हो । एउटै क्लबका दुई टिमबीचको खेलसँगै वान्टेड समूहले पहिलो र दोस्रो पुरस्कार क्रमशः  एक लाख एक हजार १० नगद, द्वितीय पुरस्कार ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताका विजेतालाई वडाध्यक्ष यामबहादुर कार्कीसहित स्थानीय राजनीतिक दलका प्रतिनिधिसहितको उपस्थितिमा पुरस्कार वितरण गरिएको थियो । असोज १७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ३४ टिम सहभागी भएका सहसचिव सचिन कार्कीले जानकारी दिए ।

प्रतियोगिताको समापनमा क्लबका अध्यक्ष सुनील थापाले पछिल्लो समय बगरफाँटका युवा सङ्गठित भई खेलकुदका साथै अन्य सामाजिक, गाउँलाई पर्यटकीय गाउँ बनाउने अभियानका साथै जनचेतनामूलक काममा सक्रिय भइरहेका बताउ । आगामी दिनमा प्रतियोगिता र अन्य कामलाई निरन्तरता दिइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दीपेन्द्रले पाए ओमोडाको कार

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) मा सर्वोत्कृष्ट नेपाली खेलाडी हुँदै सुदूरपश्चिम रोयल्सका कप्तान

महिला यु–१९ विश्वकप खेल्ने टोलीको बन्द प्रशिक्षण गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने

चितवन । मलेसियामा आगामी जनवरीमा हुने महिला यु–१९ विश्वकपका लागि नेपाली टोलीको बन्द

पहिलो संस्करणको एनपीएलको उपाधि जनकपुर बोल्ट्सलाई

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले

एनपीएलः टस जितेर पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

  काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को आज हुन लागेको फाइनलमा सुदूरपश्चिम रोयल्सले