मैत्रीपूर्ण खो खोका लागि नेपाली टोली छनोट



काठमाडौं । नेपाल खो खो सङ्घले नेपाल र भारतबीच हुने मैत्रीपूण प्रतियोगिताका लागि नेपाली राष्ट्रिय पुरुष तथा महिला टोलीको घोषणा गरेको छ ।

कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा खो खो सङ्घले आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट खेलाडी छनोट गरिएको खो खो सङ्घले जनाएको छ ।

पुरुष र महिलातर्फ समान १५–१५ खेलाडी छनोट गरिएको खो खो सङ्घका कार्यवाहक अध्यक्ष छत्रबहादुर शाहीले जानकारी दिए । छनोट भएका पुरुष खेलाडीमा हेमराज पनेरु, जनक चन्द, सुरज पुजारा, विकरालसिं रत्गैया, रोहितकुमार वर्मा, झलक विक, वेदबहादुर ओली, विवश चौधरी, विशाल थारु, यमन पुरी, राजन वल, जोगिन्द्र राना, भरत सारु र गणेश विक रहेका छन् ।

वैकल्पिक खेलाडीमा पवन महर्जन, रेवन अधिकारी, मानव बोहरा, कृतिश सिन्तकला, प्रमोदराय दनुवार, धर्मराज कुश्वाह, मुकेश गोडार, विकी सुनार, आयुश गुरुङ र अमृतकाजी प्रधान छन् ।

यस्तै महिलातर्फ सरस्वती कठायत, मानमति धामी, पूजा ओड, आशा थारु, पुनम थारु, दिपा विक, निशा शाही, कर्मा शाही, सम्झना विक, दिपा विक, खुश्बु राना, कञ्चन चौधरी, वर्षा पण्डित, गीता चौधरी र अनिशा गोले छनोट भएका छन् ।प्रेरणा विष्ट, जयन्ती कुँवर, अस्मिता राय, मोहनकुमारी श्रेष्ठ, अम्रता ओली, जमुना राय, निशा सैंजु, प्रिन्सिका गोसाईं, निभा कुमारी र कृजला जलेजु वैकल्पिक खेलाडीको सूचीमा छन् ।

मैत्रीपूर्ण प्रतियोगिता यहि असोज २१ र २२ गते हुनेछ । प्रतियोगितामा भारतको पनि राष्ट्रिय टोलीको सहभागिता रहने कार्यवाहक अध्यक्ष शाहीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एन्फाले सिस्नेरीमा पहिरोमा परी मृत्यु भएका ६ खेलाडीका परिवारलाई जनही ८ लाख दिने

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा पहिरोमा परी मृत्यु भएका ६ खेलाडीका प्रत्येक

एनपिएल अक्सनः अनिल जनकपुरमा अनुबन्ध

  काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको अक्सनमा विकेट किपर

१५ लाखमा ललितनारायण जनकपुरमा बिक्री

काठमाडौं । नेपाली टोलीका स्पिनर ललितनारायण राजवंशी १५ लाख रुपैयाँमा बिक्री भएका छन्

ललितपुरलाई पराजित गर्दै कर्णालीलाई एभरेस्ट महिला भलिबल लिगको उपाधि

काठमाडौं । महिला भलिबल फ्रेन्चाइज लिग एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णालीले जितेको