एन्फाले सिस्नेरीमा पहिरोमा परी मृत्यु भएका ६ खेलाडीका परिवारलाई जनही ८ लाख दिने



काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा पहिरोमा परी मृत्यु भएका ६ खेलाडीका प्रत्येक परिवारलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले आठ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा आइतबार बसेको आपत्कालीन बैठकले उनीहरूको परिवारलाई राहतस्वरुप उक्त रकम दिने निर्णय गरेको हो । बैठकले प्रत्येक दिवंगत खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा दुई लाख रुपैयाँको अक्षयकोष खोल्दिने निर्णय पनि गरेको छ ।

एन्फाले श्री बत्सलादेवीमा सञ्चालन गरिरहेको प्रशिक्षण केन्द्र (एकेडेमी) मा पहिरो जाँदा आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवस बाँनिया, अनुपम घलान र साईमन योञ्जनको पुरिएर मृत्यु भएको थियो । घटनाबारे सत्यतथ्य विवरण संकलन गरी यथार्थ प्रतिवेदन एक महिना भित्र पेश गर्ने गरी एन्फा केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठको नेतृत्वमा तीन सदस्सीय छानबिन समिति पनि गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मैत्रीपूर्ण खो खोका लागि नेपाली टोली छनोट

काठमाडौं । नेपाल खो खो सङ्घले नेपाल र भारतबीच हुने मैत्रीपूण प्रतियोगिताका लागि

यस्ता छन् दसैंका लागि सहुलियत दरमा बिक्री गर्न काठमाडौं ल्याइएका खसी, बोका र च्याङ्ग्रा

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका अवसरमा सुपथ मूल्यमा खसी,

एनपिएल अक्सनः अनिल जनकपुरमा अनुबन्ध

  काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको अक्सनमा विकेट किपर

१५ लाखमा ललितनारायण जनकपुरमा बिक्री

काठमाडौं । नेपाली टोलीका स्पिनर ललितनारायण राजवंशी १५ लाख रुपैयाँमा बिक्री भएका छन्