उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी



काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी द्वितीय र विशेष फौज बाहिनी तृतीय भएको छ ।

यसैगरी गणतर्फ पुरानो गोरख गण प्रथम तथा जगदल गण र भैरवनाथ गण समान अङ्कका साथ द्वितीय घोषित भए । गत भदौ  ३० गतेदेखि सुरु भएको प्रतियोगितामा एथ्लेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेल विधा समावेश थियो ।

प्रतियोगितामा खेलाडी र प्रशिक्षक गरी दुई हजारभन्दा बढीको सहभागिता थियो । प्रतियोगितामा पृतना, युद्ध मद्दती बाहिनी र विशेष फौज बाहिनीका  १४  टिम प्रतिस्पर्धा भयो ।

प्रतियोगिताअन्तर्गत कालीशक्ति गण र भैरवनाथ गणबीच भएको फुटबल खेलामा कालीशक्ति गण विजयी भयो । उक्त प्रतिस्पर्धामा कालीशक्ति गणले भैरवनाथ गणलाई १ विरुद्ध २ गोलले पराजित गर्यो । प्रतियोगितामा चन्दननाथ गण तेस्रो भयो ।

सैनिक मुख्यालयको खेल मैदानमा भएको समापन समारोहमा प्रधानसेनापति सिग्देलले प्रतियोगितामा प्रथम हुने उपत्यका पृतना र गणलाई ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरे ।

त्यसअवसरमा प्रतियोगिताका उत्कृष्ट खेलाडी एवं रेफ्रीलाई पनि पुरस्कृत गरियो । समारोहमा महारथी सिग्देलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ह्विलचियर खेललगायत प्रतियोगिताका ११ जना मेधावी खेलाडीलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान गरे ।

प्रतियोगितामा द्वितीय तथा तृतीय स्थान हासिल गर्ने टिमलाई पूर्वप्रधान सेनापति त्रय गौरव शमशेर राणा, राजेन्द्र थापा र पूर्णचन्द्र थापाले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

त्यसअवसरमा सङ्गठनमा रही वर्षभरिमा उत्कृष्ट घोषित एक महिला र एक पुरुष खेलाडीलाई अजेयबल ट्रफी प्रदान गरियो । नेपाली सेनाले प्रतिभावान् खेलाडीको पहिचान गर्ने र अन्तर्राष्ट्रियस्तरको योग्यता र क्षमतावान् खेलाडी उत्पादन गर्ने उद्देश्यकासाथ प्रत्येक वर्ष यो प्रतियोगिता गर्दै आएको छ । केही प्रतियोगितामा यस वर्ष खेलाडीले सङ्गठनको अघिल्लो वर्षको रेकर्डसमेत तोड्न सफल भए ।

प्रतियोगिताअन्तर्गत ४२ किलोमिटर म्याराथन र १० किलोमिटर दौडमा शिशिरकुमार शाही प्रथम भई दुवै विधाको पुरस्कार प्राप्त गर्न सफल भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा