एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको छ । चितवन मेडिकल कलेज स्वामित्वको चितवन राईनोजले मंगलबार टीमको लोगो सार्वजनीक गरेको हो ।

चितवन राष्ट्रिय निकुञ्जमा पाइने एक सिङ्गे गैंडा र जैविक विविधतालाई लोगोमा झल्काइएको छ । लोगोले चितवनको हृदयको प्रतिनिधित्व गर्ने र चितवनको समृद्धि र वैभव झल्काउने राजसी गैंडा र जैविक विविधतालाई प्राथमिकतमा राखिएको टीमले जनाएको छ ।

चितवन राईनोजका प्रबन्ध निर्देशक आयुश न्यौपानेले खेलकुद र स्वास्थ्यलाई एक साथ जोड्दै नेपालको क्रिकेट विकासमा योगदान गर्न चाहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ