नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित



 

काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा ललितपुर क्वीन्सले काठमाडौँ स्पाइकर्सलाई पराजित गर्दै प्रतियोगितामा विजयी  सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा सोमबार भएको उद्घाटन खेलमा ललितपुरले काठमाडौँलाई ३–१ को सेटमा पराजित गरेको हो । खेलमा पहिलो सेट ललितपुरले काठमाडौँमाथि २५–२० ले जित्यो ।

खेलको दोस्रो सेट भने काठमाडौँले आफ्नो पक्षमा पा–यो । काठमाडौँले ललितपुरमाथि २५–२१ को जित निकाल्यो । त्यसपछिको खेलमा ललितपुर नै विजयी भयो । ललितपुरले खेलको तेस्रो सेट २५–२१ र चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै जित हासिल गर्यो ।

इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहामै पहिलो पटक आयोजना भएको उक्त प्रतियोगितामा छ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा काठमाडौँ स्पाइकर्ससँगै ललितपुर क्वीन्स, मधेस युनाइटेड, चितवन शक्ति,  गण्डकी थन्डर्स र टिम कर्णाली छन् । हरेक टोलीमा विदेशी खेलाडीको सहभागिता छ ।

सहभागी सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन् । फाइनल खेल यही असोज १९ गते हुनेछ । उक्त प्रतियोगिताका लागि टिकट दर ‘भिआइपी’तर्फ  एक  हजार पाँच सय र साधारणतर्फ  एक हजार निर्धारण गरिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत