पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई



कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि गोरखाको सुलिकोट गाउँपालिकाका निरोज भट्ट क्षेत्रीले जितेका छन् ।

पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीमा मानवनिर्मित विश्व शान्ति स्तुप, पुम्दीकोट विशाल महादेवको मूर्ति तथा बुद्ध उद्यान लगायतका पर्यटनका सम्भावना रहेका गन्तव्यको थप प्रवर्द्धनका लागि पोखरा क्लिक प्रालिले दौड आयोजना गरेको हो । खुला पुरुषतर्फ उपाधि विजेता भट्टले निर्धारित आठ किमि दौड ३८ मिनेट २३ सेकेण्डमा पूरा गरे । उनले उपाधिसहित नगद २५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पुरस्कार पाए ।

यसैगरी सल्यानको कुमाख गाउँपालिकाका रुद्र बुढाथोकी निर्धारित दूरी ४१ मिनेट २२ सेकेण्डमा पूरा गरी द्वितीय भए । उनले १५ हजार रुपैयाँ पुरस्कार पाए । पोखरा–१७ का प्रकाश थिकले तोकिएको दूरी ४२ मिनेट ४२ सेकेण्डम पूरा गरी तृतीय भए र सात हजार रुपैयाँ पुरस्कार पाए ।

यसैगरी महिलातर्फ निर्धारित दूरी ५५ मिनेट २१ सेकेण्डमा पार गरी काभ्रेको चौताराका नितु तामाङले उपाधि जितिन् । उनले सात हजार रुपैयाँ पुरस्कार पाए ।

यसैगरी १६ वर्षमूनिको दौडमा पोखरा–१२ का सागर देवकोटा पहिलो हुँदै सात हजार रुपैयाँ र मेडल पुरस्कार पाए । पोखरा–२२ स्तरीय दौडमा सुजिल परियारले ५३ मिनेट छ सेकेण्डमा दौड पूरा गरी सात हजार रुपैयाँसहित उपाधि जिते । पोखराको विश्व शान्ति स्तुपदेखि सुरु भइ पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी वडा कार्यालय हुँदै बुद्ध पार्क (निगालेडाँडा) सम्म पुगेर दौड समापन गरिएको थियो ।

विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका पूर्वअर्थमन्त्री रामजीप्रसाद बराल, पोखरा–२२ का वडाध्यक्ष हिमलाल बराल, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, प्रतियोगिता संयोजक दीननाथ बराल लगायतले पुरस्कार वितरण गरेका थिए ।

यसअघि प्रतियोगिताको शुभारम्भ राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले गरेका थिए । उक्त अवसरमा पर्यटन उद्यम र समाजसेवा क्षेत्रबाट विशेष योगदान गर्ने समाजसेवी तथा उद्यमी चन्द्रकान्त बराल र मलेसियाको माउन्ट किनाबालु हाफ म्याराथनमा ह्याट्रिक गर्न सफल अन्तर्राष्ट्रिय धावक कुसाङ गुरुङलाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रम संयोजक दीननाथ बरालले पर्यटनको अथाह सम्भावना रहेको र पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको पुम्दीभुम्दीको दौड मार्फत थप प्रवर्द्धन गर्ने खेलकुदमार्फत समग्र पोखराको आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धनका लागि प्रतियोगिता गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा

एएफसी यू–२० एसियन कप छनोटमा नेपाल बहराइनसँग पराजित

काठमाडौं । एएफसी यू–२० एसियन कप छनोटको आफ्नो अन्तिम खेलमा नेपाल बहराइनसँग ४–०

महिला लिगमा बागमतीलाई एपिएफको सात गोल

काठमाडौं । एन्फा महिला लिगको शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले