वर्षाले खेल रद्द हुँदा नेपाल र ओमानले बाँडे अंक



 

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज हुने भनिएको नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

क्यानडाको किङसिटीमा आज राति ८ः४५ बजेदेखि हुने भनिएको उक्त खेल लगातार पानी परेपछि टससमेत हुन सकेन । खेल रद्द भएसँगै दुवै टोलीले समान १–१ अङ्क बाँडेका छन् ।

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले त्रिकोणात्मक शृङ्खलाअन्तर्गत आज चौथो खेल खेल्न लागेको थियो । शृङ्खलाको पहिलो खेलमा क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग एक विकेटको हार बेहोरेको थियो । त्यस्तै तेस्रो खेलमा क्यानडासँग पाँच विकेटले पराजित भएको थियो ।

लिग–२ को अङ्क तालिकामा नेपाल आठ खेलमपछि  तीन अङ्कका साथ  सातौ स्थानमा छ भने ओमान भने सात खेलमा छ अङ्कका साथ छैटौं स्थानमा छ । उक्त एकदिवसीय शृङ्खलापछि अब नेपालले क्यानडामै आयोजना हुने  क्यानडा र ओमान सम्मिलित त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खला खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रहरी प्रधान कार्यालयले गर्यो ४१ एसपीको सरुवा(सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ

फेसबुक ‘लाइभ’मा आएर रविले भने-हिजो पनि अन्याय हुँदा सघाउनु भयो, आजपनि अन्याय गर्न खोज्यो भने अलर्ट रहनुहोला

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेले आफूलाई पक्राउ गर्न

सहकारी ठगी र बैंकिङ कसुरमा पीडितलाई पैसा फिर्ता गरेको प्रमाण पेश गरे मुद्दा नचल्ने

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले मुलुकी फौजदारी कार्यविधि संहितामा पाँच बुँदे निर्देशन जारी

असोज १२ गतेदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं । सरकारले दशैँका लागि असोज १२ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ