तीन दशकपछि कोशीस्तरीय ब्याडमिन्टन प्रतियोगिता



 

झापा । झापाको भद्रपुरस्थित मेची रङ्गशालाको कवर्ड हलमा शुक्रबारदेखि कोशी प्रदेशस्तरीय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा सुरु भएको प्रतियोगिताको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले उद्घाटन गरे । उनले खेल क्षेत्रको विकास जरुरी रहेको बताउँदै नगरले खेलकुदलाई प्राथमिकता दिएको उल्लेख गरे ।

सङ्घका अध्यक्ष दीपेश ढकालले ३० वर्षपछि भद्रपुरमा ब्याडमिन्टन प्रतियोगिता हुन लागेको बताए । “३० वर्षअघि मेची अञ्चलस्तरीय प्रतियोगिता भएको थियो”,उनले भने, “त्यसपछि रोकिएको प्रतियोगिता अहिले हुँदैछ ।”

प्रतियोगिता यही भदौ ३० गतेसम्म सञ्चालन हुनेछ । पुरुष डबल्स र भेट्रान्स डबल्स गरी दुई विधामा सञ्चालन हुने प्रतियोगितामा ४८ टिमको सहभागिता रहेको सङ्घका सचिव तीर्थराज ढकालले जानकारी दिए ।

प्रतियोगिताको खुलातर्फ प्रथमले  ५० हजार, द्वितीयले  ३० हजार, तृतीयले १० हजार र भेट्रान्सतर्फका प्रथमले  ४० हजार, द्वितीयले  ३० हजार र तृतीयले  १० हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मेचीनगर गोल्डकपः धरानलाई पराजित गर्दै काँकडभिट्टा फाइनलमा

झापा । काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा धरान

क्रिकेट संघले गर्‍यो क्रिकेट खेलाडीको वर्गीकरण(सूचीसहित)

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट खेलाडीको वर्गीकरण सार्वजनिक गरेको

महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटः नेपाल नामिबियासँग पराजित

काठमाडौं । महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल नामिबियासँग पराजित भएको छ । युगान्डाको

नेपाललाई नामिबियाले दियो १२६ रनको लक्ष्य

काठमाडौँ । यास्मिन खानको उत्कृष्ट ब्याटिङसँगै नामिबियाले महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गन आजको