खड्कालाई तेक्वान्दोमा काश्य पदक


काठमाडौं । नेपालले सेभेन्थ हिरोज तेक्वाण्दो इन्टरनेशनल च्याम्पियनसीपमा काश्य पदक जितेको छ । थाइल्याण्डको ब्यांगो वेमा यही अगस्ट १० देखि १२ सम्म सम्पन्न प्रतियोगितामा नेपालका लागि भीमबहादुर खड्काले काश्य पदक जितेका हुन् । नेपाललाई काश्य पदक दिलाउने खड्का विभागीय टोली सशस्त्र प्रहरीमा कार्यरत खेलाडी हुन् ।

खड्काले सेमीफाइनलमा पुरुष समुहमा ८० देखि ८७ तौल केजी तौल क्याटगोरीमा फिलिपिन्सका प्रतिद्वन्द्वीलाई हराउँदै काश्य जितेका हुन् । यसअघि क्वाटरफाइनल खेलमा नेपाली खेलाडी खड्काले आयोजक थाइल्याण्डका प्रतिद्वन्द्वीलाई हराएका थिए । उक्त प्रतियोगितामा विभिन्न १५ देशका खेलाडीको सहभागिता रहेको थियो ।

काश्य विजेता खड्का काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका–१३ बुढाथोकी टोलका स्थायी वासिन्दा हुन् । उनले यसअघि पनि विभिन्न अन्र्तराष्ट्रिय प्रतियोगितामा देशलाई तेक्वान्दोबाट पदक दिलाउँदै आएका छन ।