भुटानको पारोसँग पराजित भएसँगै चर्च ब्वाइज छनोट चरणबाट बाहिरियो



काठमाडौँ । एएफसी च्यालेन्ज लिगअन्तर्गत प्रारम्भिक चरणको खेलमा नेपालको चर्च ब्वाइज युनाइटेड क्लब भुटानको पारो एफसीसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार साँझ भएको खेलमा पारो एफसीले चर्च ब्वाइजलाई २–१ गोलअन्तरले पराजित गर्यो । पारो एफसीको जितमा किङ्गा वाङ्चुक र विलियम ओपोकुले एक/एक गोल गरे ।

खेलमा ३८औँ मिनेटमा लाकेन लिम्बुले गोल गरेपछि चर्च ब्वाइजले अग्रता लिएको थियो । मोसेस गाबाले पेनाल्टी बक्समा हेडमार्फत दिएको पासमा लाकेनले गोल गरेका थिए ।

तर चर्च ब्वाइजको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ४०औँ मिनेटमा पारोका लागि किङ्गा वाङ्चुकले गोल गर्दै खेल बराबरीमा ल्याए । चर्च ब्वाइजका गोलकिपर दीप कार्की अघि बढेको अवस्थामा किङ्गाले गोल गर्न सफल भए । खेलको ६६औँ मिनेटमा पारो एफसीका लागि विलियम ओपोकुले निर्णायक गोल गर्दै २–१ को अग्रता दिलाएका थिए ।

जितसँगै पारो एफसी प्रतियोगिताको समूह चरणमा प्रवेश गरेको छ भने चर्च ब्वाइज प्रतियोगिताबाट बाहिरिएको छ । भुटानी क्लबले सिनियरस्तरको प्रतियोगितामा नेपाली क्लबलाई हराएको यो पहिलो पटक हो ।

भुटानी लिग च्याम्पियन पारो एफसीले पहिलो रोजाइमा नौ विदेशी खेलाडीलाई मैदानमा उतारेको थियो भने सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइजले तीन जना विदेशी खेलाडी मैदानमा उतारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सातौँ बेलबारी अन्तराष्ट्रिय गोल्डकप हुँदै

बेलबारी (मोरङ)। मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित सातौँ बेलबारी आरजु राईस अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप

काभा महिला भलिबलमा पुलिसले श्रीलङ्काको एयर फोर्सलाई हरायो

काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला

प्रकाश राईलाई शारीरिक सुगठनको उपाधि

काठमाडौँ । पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताको उपाधि फोनिक्स फिट्शालाका प्रकाश राईले

महिला लिग फुटबलमा चन्द्रपुर र बागमतीबीचको खेल बराबरी

  काठमाडौँ । एन्फा महिला लिग फुटबल प्रतियोगितामा चन्द्रपुर नगरपालिका र बागमती युवा