नेपाली महिला टीमलाई काभा बिच भलिबलको उपाधि
काठमाडौं । काभा बिच महिला भलिबल च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । भु्टानमा शनिबार भएको फाइनल खेलमा नेपालले उज्वेकिस्तान ए टिमलाई पराजित गर्दै उपाधि उचालेको हो ।
नेपालका कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानको टिमलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो । नेपालले पहिलो सेट २१–१७ ले जितको थियो भने दोस्रो सेटमा अझ सुधारिएको प्रदर्शन गर्दै २१–१४ अंकले जित निकाल्यो । नेपाल प्रतियोगिताभर अपराजित रह्यो ।
नेपाली महिला टिमले लगातार पाँच खेल जितेको हो । शनिबारै नेपाली टिम सेमिफाइनलमा उज्वेकिस्तानको बी टिमलाई २–० ले पराजित गर्दै फाइनलमा पुगेको थियो । समूह चरणका तीनवटै खेलमा पनि नेपाल अपराजित रहेको थियो । यस्तै पुरुषतर्फ पनि नेपालको मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले फाइनल खेल्दै छ ।