पेरिस ओलम्पिकमा नेपालका स्यान्टु श्रेष्ठ प्रारम्भिक चरणमै पराजित



काठमाडौँ ।  पेरिस ओलम्पिक–२०२४ अन्तर्गत टेबलटेनिस खेलमा नेपालका श्यान्टु श्रेष्ठ पराजित भएका छन् ।

पुरुष एकल राउन्डको प्रारम्भिक चरणमा श्यान्टु सेनेगलका इब्राहिम डिएवसँग ४–० ले पराजित भएका हुन् । पहिलो सेटमा १०–१२ ले पराजित भएका उनी त्यसपछि ३–११, ४–११ र ५–११ ले पराजित हुनपुगे ।

श्यान्टुले यसअघि नेपालमै भएको दक्षिण एसियाली छनोटको फाइनल खेलमा नेपालकै संयोग कपालीलाई हराउँदै ओलम्पिकमा आफ्नो स्थान सुरक्षित गरेका थिए ।

छनोट चरण पार गरेर पेरिस ओलम्पिक २०२४ मा सहभगिता जनाउने उनी एक्लो खेलाडी हुन् । समग्रमा छनोट चरण पार गरेर ओलम्पिक खेल्ने उनी तेस्रो खेलाडी हुन् । यसअघि सङ्गिना वैद्य र दीपक विष्टले छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चन्द्रागिरिको कपडा गोदाममा आगलागी

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ सतुंगल चोक स्थित कपडा पसल

सगरमाथा संवादमा सहभागी हुन चिनियाँ प्रतिनिधिमण्डल काठमाडौंमा

काठमाडौँ । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणका

अनुकूलताअनुसार हिउँदे वा वर्षे बिदाको अव धिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई मन्त्रालयको अनुरोध

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको

प्राधिकरणले भन्यो-गौतमबुद्ध विमानस्थलका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण मन्त्रिपरिषदको निर्णय बमोजिम

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने