काभा यु–२० महिला भलिबलमा नेपाल श्रीलंकासँग पराजित



काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एशेसिएसन (काभा)यु–२० महिला भलिबल च्याम्पियनसिपअन्तर्गत भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको छ ।

माल्दिभ्सको मालेस्थित सोसल सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल श्रीलङ्कासँग ३–१ को सेटमा पराजित भएको हो । श्रीलङ्कासँग नेपाल पहिलो सेट श्रीलङ्काले २५–२० ले पराजित भएको थियो भने खेलको दोस्रो सेट नेपालले २६–२४ ले जितेको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार त्यसपछि खेलको तेस्रो सेटमा २५–११ ले गुमाएको नेपालले चौथो सेट पनि २५–१८ गुमाएसँगै नेपाल पराजित भयो । अब नेपालले आज बेलुका कीर्गिस्तानसँग खेल्नेछ । च्याम्पियनसिपमा आयोजक माल्दिभ्ससहित नेपाल, कीर्गिस्तान र श्रीलङ्काको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ग्लोबल छनोटमा पुग्न सफल नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । आईसीसी महिला

प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही जेठ ८ देखि १५ गतेसम्म

सचिनको कप्तानीमा यु–१६ क्रिकेट खेल्ने टोली घोषणा

  बैतडी । एसीसी मेन्स यु–१६ इस्ट जोन कप २०२५ को सुदूरपश्चिम छनोट

आइसीसी विश्वकप एसिया छनोटमा नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौँ । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपाल