फ्रान्स र स्पेन युरोकप फुटबलको सेमिफाइनलमा



काठमाडौं । फ्रान्स र स्पेन युरोकप फुटबलको सेमिफाइनलमा पुगेका छन् । गएराति जर्मनीको ह्यामबर्गमा भएको क्वाटरफाइनलमा फ्रान्सले पोर्चुगललाई पेनाल्टी सुटआउटमा हरायो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पोर्चुगलका जोआओ फेलिक्सको पेनाल्टी पोस्टमा लागेर फर्कंदा गोल हुन सकेन । फ्रान्स ५–३ ले विजयी भयो । अब फाइनलमा पुग्न फ्रान्सले स्पेनसँग खेल्नेछ ।

हिजो भएको पहिलो क्वाटरफाइनलमा घरेलु टोली जर्मनीलाई २–१ गोलले हराउँदै स्पेन सेमिफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

अतिरिक्त समयको अन्तिमतिर स्पेनले विजयी गोल ग¥यो । स्पेनमा मिकेल मेरिनो र ड्यानी ओल्मोले गोल गरे । जर्मनीका फ्लोरियन विट्र्जले एक गोल गरे । युरोकप क्वाटरफाइनलमा आज इङ्ग्ल्यान्ड र स्विटजरल्यान्ड तथा नेदरल्यान्ड्स र टर्की खेल्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ललितपुरलाई पराजित गर्दै कर्णालीलाई एभरेस्ट महिला भलिबल लिगको उपाधि

काठमाडौं । महिला भलिबल फ्रेन्चाइज लिग एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णालीले जितेको

महिला टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्समा श्रीलंकासँग पराजित

काठमाडौं । घरेलु महिला टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा

अभ्यास खेलमा नेपाल क्यानडासँग पराजित

काठमाडौं । क्यानडामा रहेको नेपालले खराब प्रदर्शनलाई निरन्तरता दिएको छ । शुक्रबार राति

पुलिस एन्फा लिगको दोस्रो चरणमा प्रवेश

काठमाडौँ  ।  एन्फा महिला लिग–२०२४ फुटबल प्रतियोगताअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल पुलिस