चन्द्रमालाई दोहोरो स्वर्ण



काठमाडौँ ।  चन्द्रमा थापा क्षेत्रीले पारा तथा विशेष खेलकुदअन्तर्गत पारा एथलेटिक्स प्रतियोगितामा दोहोरो स्वर्ण जितेकी छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार भएको प्रतियोगिताका चन्द्रमाले होचा÷पुड्का महिलाको एक सय र दुई सय मिटर दौडमा स्वर्ण जितेकी हुन् । चन्द्रमाले एक सय मिटर दौड २१ दशमलव २५ सेकेन्डमा पूरा गरिन् । सिर्जना सेन्चुरी दोस्रो तथा अमृता बाँस्तोला तेस्रो भइन् ।

त्यस्तै, दुई सय मिटर दौड ४५ दशमलव २६ सेकेन्डमा पूरा गर्दै चन्द्रमाले अर्को स्वर्ण जितिन् । सिर्जना तथा अमृता नै क्रमशः दोस्रो र तेस्रो भए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल पारा एथलेटिक्स सङ्घको व्यवस्थापनमा भएको उक्त प्रतियोगिताको ह्विलचेयर पुरुष एक सय मिटरमा लक्ष्मीराज भट्ट पहिलो भए ।

उनले २६ दशमलव ७६ सेकेन्ड समय लगाए । सविन थापा दोस्रो तथा सन्तोष कार्की तेस्रो भए । सो स्पर्धाको महिलामा ऐश्वर्यकुमारी कुमाल ३६ दशमलव १५ सेकेन्ड समयमा पहिलो भइन् । बबिता फुयाल दोस्रो तथा प्रतीक्षा माझी तेस्रो बने ।

होचा/पुड्का पुरुष दुई सय मिटर दौडमा लालबहादुर खत्री प्रथम भए । उनले ४३ दशमलव ८३ सेकेन्डमा दौड सकाए । खुर्शेद मन्सुर द्वितीय तथा राजदीप थापा क्षेत्री तृतीय स्थानमा रहे ।

सो स्पर्धाको पुरुष एक सय मिटर दौडमा भने खुर्शेदले बाजी मारे । उनले निर्धारित दूरी २०  दशमलव ०५ सेकेन्डमा तय गर्दै पहिलो भए । लालबहादुरले दोस्रो स्थानमा चित्त बुझाए भने मानबहादुर नेवार तेस्रो भए ।

पूर्ण दृष्टिविहीनको पुरुष एक सय मिटर दौडमा विश्वराम दनुवारले स्वर्ण जिते । विश्वरामले १५ दशमलव ९५ सेकेन्ड समय खर्चे । धीरेन्द्र बुढाले रजत तथा विपेश चौधरीले कास्य हात पारे । उक्त स्पर्धाको महिलामा २३ दशमलव ८१ सेकेन्डमा दौड पूरा गरेकी सकुन्तला वादी पहिलो भइन् । प्रेरणा खप्तरी दोस्रो तथा रेणुका तामाङ तेस्रो भए ।

अल्प दृष्टिविहीनको पुरुष एक सय मिटर दौडमा दयारामनारायण चौधरी पहिलो भए । उनले १४ दशमलव ०९ सेकेन्डमा दौड पूरा गरे ।

सुवास सुनार दोस्रो तथा दावा स्याङबु शेर्पा तेस्रो भए । त्यसै स्पर्धाको महिलामा दिलसरा धमला १८ दशमलव १० सेकेन्ड समय निकाल्दै शीर्ष स्थानमा रहिन् । सरिता घिमिरे दोस्रो तथा पवित्रा धामी तेस्रो बने ।

बौद्धिकतर्फ पुरुष १२–१५ वर्षको एक सय मिटर दौडमा मिटियोन ताचामो पहिलो भए । उनले निर्धारित दूरी १६ दशमलव ५० सेकेन्डमा पूरा गरे । विवेक श्रेष्ठ दोस्रो तथा कृष दुवाल तेस्रो भए ।

सो स्पर्धाको महिलामा सर्वदा सुवाल पहिलो भइन् । सर्वदाले ३५ दशमलव ०५ सेकेन्डमा निर्धारित दूरी सकाइन् । निर्माना शाक्य दोस्रो तथा समीक्षा सिल्पकार तेस्रो भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वीरेन्द्रनगरमा प्रदेश रङ्गशाला निर्माण अन्तिम चरणमा

प्रदेश रङ्गशाला को वीरेन्द्रनगरमा निर्माणको अन्तिम चरणमा पुगेको प्रदेश गौरवको आयोजना प्रदेश रङ्गशाला

झापा र भोजपुर कोशी प्रदेशस्तरीय महिला फुटबलको फाइनलमा

खोटाङ । खोटाङको बुइपामा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा झापा र

एपीएफ र सुदूरपश्चिमलाई बास्केटबल प्रतियोगिताको उपाधि

काठमाडौं । नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुदअन्तर्गत ह्वीलचेयर

रूसी कुस्ती खेलका ‘पहलवान’द्वारा ओलम्पिकको निमन्त्रणा अस्वीकार

यस ग्रीष्मकालीन ओलम्पिक खेलहरूमा भाग लिन अनुमति दिइएका रूसी कुस्ती खेलाडीहरूले निमन्त्रणा अस्वीकार