कोशी प्रदेशस्तरीय महिला फुटबलमा इलाम र ताप्लेजुङ सेमिफाइनल प्रवेश



खोटाङ । खोटाङको बुइपामा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा इलाम र ताप्लेजुङ सेमिफाइनल प्रवेश गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा जारी प्रतियोगितामा आज इलामले ओखलढुङ्गालाई शून्यका विरुद्ध एक र ताप्लेजुङले खोटाङलाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

बिहीबार भएको खेलमा ओखलढुङ्गाले सोलुखुम्बूलाई शून्यका विरुद्ध एक तथा ताप्लेजुङले धनकुटालाई शून्यका विरुद्ध एक गोलले पराजित गरी क्वाटर फाइनलमा पुगेको थियो । बिहीबारको खेलमा इलामले उदयपुरलाई र खोटाङले सुनसरीलाई ट्राइब्रेकरमा पराजित गरेको थियो ।

शुक्रबार सम्पन्न समूह चरणको खेलमा मोरङले पाँचथरलाई शून्यका विरुद्ध एक गोल गरेको छ । तेह्रथुमले सङ्खुवासभालाई शून्यका विरुद्ध एक गोलले पराजित गरी क्वाटर फाइनलमा प्रवेश गरेको छ । जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजन तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा भएको प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडी सहभागी छन् ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डको रु २० लाख सहयोगमा सञ्चालन भएको प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगिताको तेस्रो दिन शनिबारको पहिलो खेल भोजपुर र मोरङ तथा दोस्रो खेल झापा र तेह्रथुमबीच हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सन्दीप क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफू नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौताअन्तर्गत नरहने

आइसिसी विश्वकप लिग–२ खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ(क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न

कीर्तिपुर नगरपालिकालाई ३–० ले पराजित गर्दै काठमाडौँ महानगरपालिका फाइनलमा

काठमाडौँ । कीर्तिपुर नगरपालिकालाई ३–० ले पराजित गर्दै काठमाडौँ महानगरपालिकाको फुटबल टीम ‘उपत्यकाव्यापी

साफ यु-१९ च्याम्पियनसिपमा नेपाल भारतसँग ४-० ले पराजित

काठमाडौं । साफ यु १९ च्याम्पियनसिपमा नेपाल भारतसँग ४–० गोल अन्तरले पराजित भएको