भारत्तोलनमा चार नयाँ राष्ट्रिय कीर्तिमान



काठमाडौँ । पारा तथा विशेष खेलकुदअन्तर्गत भारत्तोलनमा मंगलबार चार नयाँ राष्ट्रिय कीर्तिमान बनेका छन् । चारै कीर्तिमान पुरुष स्पर्धामा बनेका हुन् ।

ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगितामा पुरुष ७२ किलोमाथिको तौलमा बागमती प्रदेशका आशिष मानन्धरले एक सय ४५ किलो भार उठाएर आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे ।

उनले यसअघि एक सय ३० किलो भार उचालेका थिए । सो स्पर्धामा कर्णाली प्रदेशका किरणकिशोर सापकोटा दोस्रो तथा कोशी प्रदेशका सुपर राई तेस्रो भए ।

प्रतियोगितामा पुरुष ५९ किलोमा सुदूरपश्चिम प्रदेशका सुरेश विष्टले ८६ किलो तौल उठाउँदै राष्ट्रिय कीर्तिमान बनाए । यसअघि ८५ किलो भार उठाएका दीपक तिमल्सिनाको नाममा उक्त कीर्तिमान थियो । सो स्पर्धामा कोशीका सोमनाथ राई दोस्रो तथा बागमतीका मानबहादुर राना मगर तेस्रो भए ।

यस्तै पुरुष ६५ किलोमा बागमतीका दीपक खड्काले एक सय एक किलो भार उचाल्दै राष्ट्रिय कीर्तिमान बनाए । उनले यसअघि ठाकुर श्रेष्ठको नाममा रहेको ९० किलोको कीर्तिमान भङ्ग गरे । उक्त स्पर्धामा बागमतीका विरु ढुङ्गाना दोस्रो तथा लुम्बिनीका लक्ष्मण नेपाली तेस्रो भए ।

पुरुष ५४ किलोमा बागमतीका ठाकुर श्रेष्ठले एक सय किलो भार उचाल्दै नयाँ कीर्तिमान बनाए । उनले आफ्नै नाममा रहेको ९० किलोको कीर्तिमानमा सुधार गरेका हुन् । उक्त स्पर्धामा गण्डकी प्रदेशका पवन घर्ती मगर दोस्रो तथा बागमतीका दीपक तिमल्सिना तेस्रो भए ।

यसैगरी पुरुष ४९ किलोमा बागमतीका मनिष पुन मगर पहिलो भए । उनले ५० किलो भार उठाए । कर्णालीका रुपलाल बस्नेत दोस्रो तथा कोशीका अजित खाती तेस्रो भए ।

पुरुष ७२ किलोमुनिको तौलमा बागमतीका राजाराम सिलवाल पहिलो भए । उनले ८० किलो तौल उचाले । लुम्बिनीका नारायण तिमल्सिना दोस्रो तथा बागमतीका रामकाजी मगर तेस्रो भए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा भारत्तोलन खेलकुद सङ्घ नेपालको व्यवस्थापनमा दुई दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा मधेसबाहेक ६ प्रदेशका ४२ खेलाडी सहभागी भएका थिए । पुरुषतर्फ ६ तथा महिलातर्फ तीन तौल समूहमा खेलाडीबीच प्रतिस्पर्धा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चन्द्रमालाई दोहोरो स्वर्ण

काठमाडौँ ।  चन्द्रमा थापा क्षेत्रीले पारा तथा विशेष खेलकुदअन्तर्गत पारा एथलेटिक्स प्रतियोगितामा दोहोरो

कोशी प्रदेशस्तरीय महिला फुटबलमा इलाम र ताप्लेजुङ सेमिफाइनल प्रवेश

खोटाङ । खोटाङको बुइपामा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा इलाम र ताप्लेजुङ

टी-२० एसिया कपमा सहभागी हुने एपिएफका क्रिकेट खेलाडीको बिदाइ

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले महिला टी–२० एसिया कपमा सहभागी हुने नेपाल

उपाध्यक्ष रोशनकुमार सिंहसहित चार जनालाई स्पष्टीकरण सोध्ने क्यानको निर्णय

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले उपाध्यक्षसहित चारजनालाई स्पष्टीकरण सोध्ने भएको छ ।