भरतपुर महानगरद्वारा क्रिकेटर सन्दीप लामिछानेको सम्मान



 

चितवन । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गरी  उनलाई नगद  एक लाखसहित सम्मान गरिएको हो । उनलाई महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

त्यस अवसरमा  नगरप्रमुख दाहालले खेलाडीको सम्मानले उनीहरू खेलप्रति   अझ प्रोत्साहित हुने विचार व्यक्त गर्दै भरतपुर महानगरपालिकाले खेलाडी सम्मानलाई प्राथमिकतामा राखेको बताइन् । भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माणदेखि खेलक्षेत्रमा सक्दो सहयोग गर्दै आएको उनले आएको बताइन् ।

जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सुदीप पियाले खेलक्षेत्रको विकासका लागि महानगरले निर्वाह गरेको भूमिकाको सराहना गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी गर्न चार करोड ३४ लाख बजेट विनियोजन

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पेरिस ओलम्पिक, मिसन–२०२६ र छैटौँ एसियन

गुणराजः मुवा थाईको विश्वविजेताको कथा

काडमाडौँ। मुक्कामुक्की र लात्ती हानाहान । कुहिना र घुँडाको प्रहार । शरीरका अधिकांश

यु–२० महिला भलिबल टोली घोषणा

  काठमाडौँ । नेपाल भलिबल सङ्घले काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुने

नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए

महेन्द्रनगर । नरबहादुर चन्द भारतमा जन्मिए । उनले माध्यमिक तहको शिक्षा पनि त्यहीँ