भेनेजुएला कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा



काठमाडौँ । भेनेजुएला कोपा अमेरिकाको समूह चरणमा शतप्रतिशत जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा सोमबार बिहान जमैकामाथि ३–० को सहज जित दर्ता गरेको हो । टेक्ससमा भएको खेलमा भेनेजुएलाले पहिलो हाफ गोलरहित बराबरी खेले पनि दोस्रो हाफमा ३ गोल गरेको थियो ।

भेनेजुएलालाई एडवार्ड बेलोले ४९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ४६ औं मिनेटमा जोस सालमोनले अग्रता दोब्बर बनाए । ८५ औं मिनेटमा एरिक रेमिरेजले गोल गरेपछि भेनेजुएला ३–०को सहज जितका साथ अन्तिम ८मा पुग्न सफल भयो । जमैका भने समूह चरणका सबै खेलमा हार व्यहोरेर बाहिरिएको छ ।

यही समूह बीमा रहेका इक्वेडर र मेक्सिोको बराबरी खेले । बराबरीले इक्वेडरलाई अन्तिम ८ मा स्थान पक्का गराउँदा मेक्सिको भने प्रतियोगिताबाट बाहिरिएको छ ।

दुवै टिमको समान चार चार अंक भए पनि गोल अन्तरका आधारमा इक्वेडर अन्तिम आठमा प्रवेश गरेको हो । क्वाटरफाइनलमा भेनेजुएलालले क्यानडासँग खेल्दा इक्वेडरले डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोपा अमेरिका फुटबलमा कोलम्बिया र ब्राजिल क्वाटरफाइनलमा

काठमाडौं । कोलम्बिया र ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेका छन् । बुधबार बिहान

भारत्तोलनमा चार नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौँ । पारा तथा विशेष खेलकुदअन्तर्गत भारत्तोलनमा मंगलबार चार नयाँ राष्ट्रिय कीर्तिमान बनेका

भरतपुर महानगरद्वारा क्रिकेटर सन्दीप लामिछानेको सम्मान

  चितवन । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको

फ्रान्स र पोर्चुगल युरोकपको क्वाटरफाइनमा

काठमाडौं । फ्रान्स र पोर्चुगल युरोकपको क्वाटरफाइनमा प्रवेश गरेका छन् । गएराति भएको