जर्मनी युरोकपको क्वाटरफाइनलमा



काठमाडौं । आयोजक जर्मनी युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा डेनमार्कलाई २–० गोल अन्तरले पराजित गर्दै जर्मनीले अन्तिम ८ मा स्थानपक्का गरेको हो । जर्मनीको जीतमा केइहार्भाटेज र जमाल मुसेएलाले एक एकगोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा जर्मनीले दुवै गोल दोस्रो हाफमा गरेको हो ।

जर्मनीका डेभिड रौमले गरेको प्रहारमा डेनमार्कका जाओचिम एन्डरसनले ह्यान्ड गरेको भारमार्फत निश्चितगर्दै पेनाल्टी दिइएको थियो । सोही पेनाल्टीलाई जर्मनीका केइ हार्भाटेजले गोलमा परिणत गर्दै अग्रता दिलाए ।

६८ औं मिनेटमा जमाल मुसेएलाले गोल गरेपछि घरेलु टोली जर्मनी २–० को सहज अवस्थामा पुगको थियो । त्यसपछि थप गोल नभएपछि अन्ततःजर्मनी २–० को जितका साथ क्वाटरफाइनलमा स्थानपक्का गर्न सफल भयो । जर्मनीले क्वाटरफाइनलमा स्पेन वाजर्जियासँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोपा अमेरिका फुटबलमा कोलम्बिया र ब्राजिल क्वाटरफाइनलमा

काठमाडौं । कोलम्बिया र ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेका छन् । बुधबार बिहान

भारत्तोलनमा चार नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौँ । पारा तथा विशेष खेलकुदअन्तर्गत भारत्तोलनमा मंगलबार चार नयाँ राष्ट्रिय कीर्तिमान बनेका

भरतपुर महानगरद्वारा क्रिकेटर सन्दीप लामिछानेको सम्मान

  चितवन । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको

फ्रान्स र पोर्चुगल युरोकपको क्वाटरफाइनमा

काठमाडौं । फ्रान्स र पोर्चुगल युरोकपको क्वाटरफाइनमा प्रवेश गरेका छन् । गएराति भएको